पाँचदलीय गठबन्धन जनताको सेवा गर्नका लागि होइन : पोखरेल

पाँचदलीय गठबन्धन जनताको सेवा गर्नका लागि होइन : पोखरेल

बुटवल : पाँच दलीय गठवन्धन जनताको सेवा गर्नका लागि नभई व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि मात्र भएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताए। माण्डवी गाउँपालिका प्यूठानको सोमबार प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले चुनावलक्षित पाँच दलीय गठबन्धनले जनताका पीरमर्का बुझ्न नसक्ने उल्लेख गरे।

‘यो सरकार अदालतले बनाएको सरकार हो’, उनले भने,‘जनमतको कदर गर्न नसक्नेले व्यक्तिगत स्वार्थ पुरा गर्नका लागि गठबन्धन बनाएका हुन्।’ प्रधानमन्त्री तोक्ने अधिकार संविधानले राष्ट्रपतिलाई दिएपनि अदालतले राजनीति गर्न थालेपछि सांसद् सांसद्जस्तो र सरकार सरकारजस्तो नदेखिएको उनले टिप्पणी गरे। उनले अबको निर्वाचनमा जनमतको कदर गर्न नजान्नेलाई प्रतिनिधि नबनाउनसमेत आग्रह गरे।
 

प्युठानमा मात्रसिमित रहेको राष्ट्रिय जनमोर्चाले जनताको जीवनमा परिवर्तन ल्याउन नसक्ने पोखरेलले सुनाए। ‘मसाल र राजमोले सँधै विद्रोह मात्र गर्छ’, उनले भने,‘विकास र समृद्धिका कुरा कहिल्यै नगर्ने पार्टीलाई चुनाव जिताएमा प्यूठान विकासमा पछाडी पर्नसक्छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.