सडक बनाउन स्थानीय सरकारले बजेट दिएन, बाटो बनाइदिनेलाई भोट !

सडक बनाउन स्थानीय सरकारले बजेट दिएन, बाटो बनाइदिनेलाई भोट !

प्यूठान : चारवर्ष अघि झिमरुक गाउँपालिका-४ बांगेकोटका स्थानीयले आफूसक्दो सहयोग उठाएर गाउँमा बाटो पुर्याए। स्थानीयको आयस्रोत अनुसार पाँचदेखि १५ हजार रुपैयाँसम्म सहयोग संकलन गरेर गाउँमा ल्याइएको बाटो साँघुरो छ। जसोतसो जोखिम मोलेर जिप, ट्याक्टर र मोटरसाइकल संचालन भएपनि बस जान सक्दैन्। सहयोग उठाएर सडक खनेपछि गाउँबाट जिल्लाको प्रमुख बजारकेन्द्र बाग्दुला, विजुवारसहित दाङ, बुटवल नियमित बस संचालन हुने गाउँलेको आशा थियो। तर गाउँलेको आशा चारवर्ष वितिसक्दा पनि पुरा हुन पाएन्।

सहयोग उठाएर खनेको बाटो फराकिलो बनाइदिनका लागि झिमरुक गाउँपालिकाले साथ दिने आशा गाउँलेमा भएपनि निराशामा परिणत भएको छ। दशैँ, तिहारमा खाल्डाखुल्डी पुर्न र पहिरो सोहोर्न बाहेक गाउँपालिकाले बजेट विनियोजन नगरेको स्थानीय रामबहादुर विकले प्रतिक्रिया दिए। ‘घरदैलोको सरकार भन्नुमात्र भयो’, उनले भने,‘अरु ठाउँमा करोडौँ बजेट हाल्छन्, हाम्रोमा अहिलेसम्म बजेट पारिदिएनन्।’उनले यसपालीको स्थानीय तहको निर्वाचनमा गाउँको बाटो बनाउन बजेट पारिदिने नेतालाई मात्र भोट हाल्ने सल्लाह भएको सुनाए।

यो सडक नेवाउरेखोलादेखि अर्घाखाँचीको मालारानी गाउँपालिकाको सिमेदेउरालीसम्म करिब सात किलोमिटर दुरीको छ। गाउँबाट नियमित बस, जिप संचालन नहुँदा गाउँलेहरु बांगेफेदी बजारमै पुगेर बसमा यात्रा गर्न बाध्य छन्। बाझाबांगेदेखि, उपल्लोबांगे, तल्लोबांगेहुँदै टिमिलडाँडाका नागरिक नियमित बस, जिप संचालन हुनेगरी बाटो नहुँदा मर्कामा परेको गुनासो गरेका छन्।

 
चुनावीसहित पार्टी कार्यक्रमका लागि गाउँमा आएका नेताहरुलाई बाटो बनाइदिन गाउँलेहरुले माग गरेका छन्। गाउँलेको एकमात्र माग यस सडकको स्तरोन्नती गरी नियमित बस, जिप गाउँबाट संचालन गरिदिने छ। बांगेकोटमा यसै साता नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापा, केन्द्रीय सदस्य एवं लुम्विनी प्रदेशका सांसद् पूर्व मन्त्री हरिप्रसाद रिजाल र नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा गोविन्दराज पोखरेल पुगेका थिए।

संघीय र प्रदेश सरकारबाट बजेट विनियोजन गरेर सडक स्तरोन्नती गर्ने योजना भएपनि झिमरुक गाउँपालिकाले सिफारिस नदिँदा बजेट पार्न नसकिएको गाउँ आएका नेताहरुले गाउँलेहरुलाई प्रतिक्रिया दिए। पार्टीको कार्यक्रमका लागि पहिलोपटक केन्द्रीयस्तरका नेताहरु गाउँ पुगेका थिए। झिमरुक गाउँपालिकामा राष्ट्रिय जनमोर्चा नेतृत्वको सरकार छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.