वैशाख २३ मा ‘लक्का जवान’

वैशाख २३ मा ‘लक्का जवान’

काठमाडौं : आमा बंगलामुखी फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र  ‘लक्का जवान’ यही वैशाख २३ गतेदेखि प्रदर्शनमा आउने भएको छ। ध्रुव वन्तको प्रस्तुति, अनुसुया श्रेष्ठ वन्तको निर्माण र कार्यकारी निर्माता किरण केसी, शिवहरि पौडेल र दीलिप रायमाझी रहेको चलचित्रमा सरोज खनाल, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा शिवाकोटी, ओजस्वी थापा, जयनन्द लामा, मनिषा श्रेष्ठ, अनुपमा भण्डारी, सविता गुरुङ, विमला गिरी, अञ्जु महर्जन, निर्मल शर्मा, विनोद भट्टराई र रमेश केसीको अभिनय रहेको छ। चलचित्रमा मदनकृष्ण श्रेष्ठ विशेष भूमिकामा देखिने छन्। 

चलचित्रको अफिसियल ट्रेलर रिलिज कार्यक्रममा बोल्दै चलचित्रका कार्यकारी निर्माता एवं कलाकार किरण केसीले ‘लक्का जवान’ एक पारिवारिक चलचित्र भएकाले सबैलाई परिवारसँग बसेर हेर्न आग्रह गरे। कार्यक्रममा उपस्थित हास्य कलाकार दिपाश्री निरौलाले ‘लक्का जवान’को सफलताको शुभकामना दिइन्। यसैगरी हास्य कलाकार जितु नेपालले कोभिडपछिको अवस्थामा मानिसमा परेको शारीरिक, मानसिक र आर्थिक असरको पीडालाई कम गर्न ‘लक्का जवान’ चलचित्र सहयोगी सावित हुने बताए। 

अर्का हास्य कलाकार उत्तम केसीले कोभिडका कारण सुस्ताएको चलचित्र क्षेत्रलाई उकास्न र नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउन ‘लक्का जवान’ले महत्वपूर्ण भूमिका निभाउने बताए। चलचित्रमा कथा, पटकथा, सम्बाद र निर्देशन कलाकार शिवहरि पौडेलको छ। चलचित्रका गीतमा बाबुल गिरी, जुनू रिजाल र मीना निरौलाको स्वर दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.