सबैका गुरु मण्डल सर, तीस वर्षदेखि एउटै श्रेणीमा

सबैका गुरु मण्डल सर, तीस वर्षदेखि एउटै श्रेणीमा

जाजरकोट :  जाजरकोटमा मण्डल सर भन्ने वित्तिकै जो कोहीले पनि असल र इमान्दार शिक्षकको रुपमा चिन्ने गर्छन् उनलाई । गणित, विज्ञान र ऐच्छिक गणितमा अब्बल दक्षता राख्ने मण्डल सर आदर्श शिक्षकको रुपमा स्थापित छन् ।  सप्तरी जिल्ला तिरहुत गाउँपालिका ५ निवासी सत्यनारायण मण्डल त्रिभुवन मावि खलंगाका गणित/विज्ञान शिक्षक हुन् ।

२०४८ साल भदौ २ गते अस्थायी नियुक्ति लिएर शिक्षण थालेका मण्डल अहिलेसम्म निरन्तर सेवामा छन् । २०५२ सालको शिक्षक सेवा आयोगको परीक्षाबाट २०६० साल मंसिर ७ गते स्थायी नियुक्ति लिएका मावि तृतीय श्रेणीका उनी अहिलेसम्म पनि सोही श्रेणीमा कार्यरत छन् । धेरैलाई शिक्षा दिए । धेरैको गणित र विज्ञान पढ्ने आधार बनाइदिए । डाक्टर, इन्जिनियर, प्रशासकलगायतका उच्च पदमा पुग्ने आधार बनाइदिए तर आफू भने मैनबत्तीजस्तै जलिरहे । जुन पद र श्रेणीमा उनले सुरु नियुक्ति लिएका थिए ३० वर्षअघि अहिले पनि उही पद र श्रेणीमै काम गर्न बाध्य छन् ।

२०५२ सालको शिक्षक सेवा आयोगको परीक्षाबाट २०६० साल मंसिर ७ गते स्थायी नियुक्ति लिएका मावि तृतीय श्रेणीका उनी अहिलेसम्म पनि सोही श्रेणीमा कार्यरत छन् ।

काममा जुन उत्साह र जोस थियो त्यो विस्तारै निराशामा परिणत हुन थालेको उनले बताए। उर्जाशिल समय सबै जाजरकोटमै बित्यो अब यहीबाट रिटायर्ड हुने हो ,उनले भने, ' मेरो पेशाबाट सन्तुष्ट छु । धेरै विद्यार्थी र अभिभावकबाट गहिरो माया र श्रद्धा पाएको छु तर बढुवामा भने म निकै अन्यायमा परेँ ।'

उनले भारतको विहारस्थित जगदिश नन्दन कालेज मधुवनीबाट प्रथम श्रेणीमा  बीएस्सी उर्त्तिण गरेका हुन् । पूर्वी तराईमा जन्मेर,त्यही शिक्षा दिक्षा लिएर हुर्केको मधेसी समुदायको मान्छे अति विकट दुर्गम जाजरकोटमा पहिलो पटक आउँदा छुट्टै संसारमा पुगेको अनुभूति भएको बताउँछन्।

सुर्खेतको बोटेचौरबाट पैदल हिँडेर जाजरकोट पुग्नु पथ्र्यो । करिब दुई दिन पैदल हिँडेर जाजरकोट खलंगा पुग्थे । त्यतिबेला धेरै दुःख थियो,' उनले भने, 'मैले ९ र १० कक्षामा अनिवार्य विज्ञान र ऐच्छिक गणित निरन्तर रुपमा अध्यापन गराइरहेको छु । त्यसका साथै केही वर्ष ११ र १२ कक्षा र क्याम्पसमा मेजर गणित, अर्थशास्त्र , विज्ञान शिक्षणलगायतका विषयको अध्यापन गराएँ । माध्यामिक र आधारभूत तहका विज्ञान र गणित विषयका दर्जनौं तालिम र प्रशिक्षक प्रशिक्षण तालिमहरु लिए । धेरै शिक्षकहरुलाई प्रशिक्षण पनि गराएँ ।'

वषौंदेखि नपढाएर तत्कालिन जिल्ला शिक्षा कार्यालय वरिपरि घुम्ने स्रोत व्यक्ति बढुवा हुने तर वर्षौंदेखि फिल्डमा खटिने शिक्षक उपेक्षित भएपछि उनले तत्कालिन क्षेत्रीय शिक्षा निर्देशनालयमा उजुरी समेत दिए ।

यद्यपी, बढुवामा भने उनलाई ठूलै झड्का लाग्यो । जबकी उनी भन्दा नौ जना जुनियर शिक्षक द्वितीय श्रेणीमा बढुवा भए तर उनी तृतीयबाट माथि उक्लन सकेनन् । २०६६ सालमा कार्यसम्पादन मुल्याकंनबाट हुने बढुवामा जम्मै स्रोत व्यक्तिहरु बढुवा भए । वषौंदेखि नपढाएर तत्कालिन जिल्ला शिक्षा कार्यालय वरिपरि घुम्ने स्रोत व्यक्ति बढुवा हुने तर वर्षौंदेखि फिल्डमा खटिने शिक्षक उपेक्षित भएपछि उनले तत्कालिन क्षेत्रीय शिक्षा निर्देशनालयमा उजुरी समेत दिए । उजुरीमाथि छानविन नहुँदै आफूले पेश गरेको कासमु फायल नै गायब भएको उनको गुनासो छ ।

'फायल गायब मात्र गरिएन जिल्ला शिक्षा कार्यालयको दर्ता रजिष्टर नै नक्कली बनाएर कासमु फारम नै नभरेको देखाइयो । जबकि मैले प्रत्येक वर्ष प्रधानाध्यापकसँग प्रमाणित गराएर कासमु पेश गरेको थिए । यो कुराले मलाई साह्रै तनाब दियो,' उनले भने, 'अस्थायीसहित सेवा गर्न थालेको ३० वर्ष पुगिसक्यो । स्थायी भएकै १८ वर्ष भइसक्यो । मैले बढुवामा अवसर पाउन सकिनँ । जाजरकोटबाट धेरै सिक्ने र सिकाउने अवसर पाएँ । तर मेरो वृत्ति विकास हुन सकेन यही कुराले मात्र पिरोल्ने गर्छ ।'

'बढुवामा बदमासी भयो । निश्पक्षता भएन । चौथो तहमा नाम निकालेका मैले पढाएका विद्यार्थी अहिले सातौं तहमा पुगिसके । छैठौं तहमा प्रवेश गरेको मान्छे १० औं तहमा पुगिसक्छ । म भने वर्षौं घोटिएर पनि उही पदमा काम गर्न बाध्य छु । शिक्षा क्षेत्रमा दक्ष जनशक्ति भित्र्याउने हो भने शिक्षकहरुलाई पनि अन्य सेवा र क्षेत्र सरह वृत्ति विकासको अवसर दिनुपर्छ,'उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.