निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दलको जोड

निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दलको जोड

रामेछाप : रामेछापका सबै राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता कडाईका साथ पालना गराउनुपर्नेमा जोड दिएका छन्। निर्वाचन कार्यालयले सदरमुकाम मन्थलीमा आयोजना गरेको निर्वाचन आचारसंहिता कार्यान्वयनसम्बन्धी अन्तक्रिया कार्यक्रममा सहभागी दलका प्रतिनिधिहरुले यस्तो बताएका हुन्। 

संविधान सभा सदस्यसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र रामेछापका नेता तारा नारायण श्रेष्ठले हालः निर्वाचन आयोगले ल्याएको निर्वाचन आचारसंहिताप्रति पूर्ण समर्थन जनाउँदै यसलाई सबै दलहरुले पालना गरेर अघि बढ्नुपर्नेमा जोड दिए।

निर्वाचन आचारसंहिता पालना गर्ने गराउने हो भने चुनाव प्रचारप्रसारको समयमा दल तथा उम्मेद्वारहरुले टिसर्ट, क्यापटोपी, ज्याकेट लगायतका सामाग्री छपाईमासमेत सम्बन्धित दल र उम्मेद्वारले अहिलेदेखि नै विचार पुर्‍याउनुपर्ने उनले बताए।

कतिपय दलहरुले त्यस्ता सामाग्री छपाईका लागि अर्डर गरिसकेको उल्लेख गर्दै माओवादी केन्द्रका नेता श्रेष्ठले सम्बन्धित दल र दलका उम्मेद्वारले अहिले नै रोक लगाउनुपर्ने बताए। घरघरमा झण्डा राख्ने र टिसर्ट लगाउने लगायतका कुराहरुमा प्रतिबन्ध लगाउनुपर्ने बताउँदै नेता श्रेष्ठले निर्वाचन आचारसंहिता कार्यान्वय सम्बन्धमा आफूहरु प्रतिबद्ध रहेको बताएका थिए।

रामेछापको खाँडादेवी गाउँपालिकास्थित गागलमा रहेको मतदान केन्द्र सारिएकोप्रति आपत्ति जनाउँदै उनले अब पहिलेकै स्थानमा मतदान केन्द्र कायम गर्नसमेत आग्रह गरेका थिए।  

यसैबीच नेपाली कांग्रेस रामेछापका सचिव दिपक खड्काले पनि निर्वाचन आचारसंहिता कार्यान्वय गर्ने सवालमा आफूहरु प्रतिबद्ध रहेको बताए। निर्वाचनको समयमा मतदान केन्द्रमा खटाइने भोलिन्यटियरहरुको हकमा घर पायक अर्थात् सम्बन्धित वडाको व्यक्तिलाई नराख्ने व्यवस्था गर्न निर्वाचन कार्यालय रामेछापलाई आग्रह गरे।

विगतका निर्वाचनमा यसरी घर पायकको वा सम्बन्धित स्थानीय तह वा वडाको व्यक्ति राख्दा उसले भोट हाल्न जाने व्यक्तिलाई आफ्नो नजिकको पार्टीको उम्मेद्वारलाई मत हाल्न अनुरोध गर्ने र जसले गर्दा निर्वाचन माथिको स्वच्छता, निष्पक्षता लाई समेत प्रभाव पार्ने बताउँदै कांग्रेस सचिव खड्काले घर पायकको वा सम्बन्धित स्थानीय तह वा वडाको व्यक्तिलाई नराख्न निर्वाचन कार्यालयलाई सचेत गराए।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले रामेछापका उपसचिव होतराज ढकालले पनि निर्वाचन आचारसंहितालाई कडाईका साथ कार्यान्वयन गर्नुपर्ने बताए। आचारसंहिता कार्यान्वयन गराउनको लागि निर्वाचन आचारसंहिता कार्यान्वयन अनुगमन समितिले अनुगमनको पाटोलाई थप बलियो बनाउनुपर्ने उपसचिव ढकालले बताए।

मतदान केन्द्रको शान्ति सुरक्षालाई चुस्त, दुरुस्त बनाउन निर्वाचन कार्यालयलाई उनले आग्रह गरे। यसैबीच रामेछाप जिल्लाका प्रमुख निर्वाचन अधिकृत दिवाकर भट्टराईले स्वच्छ, निष्पक्ष, निष्प्रभावी र दबाबरहित ढङ्गबाट सम्पन्न गर्ने कुरामा लाग्न सबै राजनीतिक दलहरुलाई आग्रह गरेका थिए। लोकतान्त्रिक शासन प्रणालीलाई मान्ने हो भने सबै दलहरुले निर्वाचन आचारसंहितालाई पालना गर्नुपर्ने प्रमुख निर्वाचन अधिकृत भट्टराईले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.