महेन्द्रनगरमा इण्डो–नेपाल समन्वयात्मक बैठक सम्पन्न

महेन्द्रनगरमा इण्डो–नेपाल समन्वयात्मक बैठक सम्पन्न

महेन्द्रनगर : इण्डो–नेपाल समन्वयात्मक बैठक शुक्रबार महेन्द्रनगरमा सम्पन्न भएको छ। बैठकले आगामी ३० गते हुने स्थानीय तह निर्वाचन केन्द्रीय शान्ति सुरक्षा एवं निर्वाचनको ४८ घण्टा पहिले कञ्चनपुरसित जोडिएका भारतीय नाका बन्द गर्ने निर्णय भएको छ। 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बैठकमा स्थानीय तहको निर्वाचनमा सीमा बन्द गर्ने, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा मानव बेचबीखन जस्ता अपराधिक क्रियाकलाप रोकथामका लागि दुबै देशका सुरक्षा निकाय सहमत भएको बताए।

“स्थानीय तहको निर्वाचन केन्द्रीय समन्वयात्मक बैठक बसेको हो।” कञ्चनपुरसित सीमा जोडिएका भारतीय नाका वैशाख ३० गतेको ४८ घण्टाअघिदेखि बन्द हुने निर्णय भएको छ।” उनले भने–“अस्पताल र अत्यावश्यक कामका लागि नाकामा आवागमन सहज गर्ने सहमति भएको छ।” बैठकमा नेपाल–भारत सीमा अतिक्रमणका विषयमा समेत छलफल भएको बताउँदै सीमा छुट्याउन संयुक्त सर्वे टिमलाई अनुरोध गर्ने सहमति भएको बताए। त्यसैगरी सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न दुवै देशका सुरक्षा निकायबीच सूचना आदानप्रदान गरेर अघि बढ्ने समझदारी भएको छ।

भारतको कुमाउका डिआइजी निलेश आनन्द भरणेले नेपालमा हुने स्थानीय तहको निर्वाचनमा सीमा बन्द, सीमा क्षेत्रको शान्ति सुरक्षामा सहयोग गर्ने बताए। “चम्पावतमा हुने निर्वाचनका बेला पनि हामी नेपाली अधिकारीसित सीमा क्षेत्रमा नाका सिललगायतको सहयोग मागेका छौँ।” उनले भने–“सिमा क्षेत्रमा हुने अन्य आपराधिक गतिविधि नियन्त्रणमा नेपाल–भारत सुरक्षा निकायबीचको सहकार्य गरेर जान्छौ।”

बैठकमा नेपालकातर्फबाट कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी अत्तरियाका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराई, कञ्चनपुरका सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो भने भारतीय पक्षबाट चम्पावतका डीएम विनित तोमर, पीलीभितका डीएम पुलकित खरे, उद्यामसिंह नगरका डीएम युगल किशोर पन्तलगायतको सहभागिता  थियो।

तस्वीर ः शुक्रबार महेन्द्रनगरमा बसेको इण्डो–नेपाल समन्वयात्मक बैठकमा सहभागी नेपाल भारतका सुरक्षा निकायका अधिकारीलगायत
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.