एमालेले छान्यो उम्मेदवार
काठमाडौं : एमालेले काठमाडौं महानगरको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बागमती प्रदेश सांसद स्थापित काठमाडौंका पूर्वमेयर पनि हुन्। स्थापितले २०५४ सालको स्थानीय निकायको निर्वाचनमा काठमाडौंको मेयर जितेका थिए।
एमाले सचिवालयको शनिबारको बैठकले काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो। डंगोलले यसअघि मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी थिइन्। डंगोल पूर्वमिस नेवाः पनि हुन्।
योसँगै एमाले सचिवालय बैठकले ५ महानगर र ९ उपमहानगरपालिका मेयर र उपमेयरको उम्मेदवारी पनि टुंग्याएको छ। पोखरा महानगरको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको छ। गण्डकी प्रदेश कमिटी सदस्य पौडेल अवकाश प्राप्त शिक्षक हुन्। उपमेयरमा गुरुङलाई नै दोहोर्याइएको छ।
ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य (आस्था) लाई उम्मेदवार बनाएको छ। व्यञ्जनकार २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसका चिरिबाबु महर्जनसँग झिनो मतले पराजित भएका थिए। त्यस्तै भरतपुरको मेयरमा विजय सुवेदी र वीरगन्जको मेयरमा विजय सरावगीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। भरतपुर र वीरगन्जको उपमेयर भने टुंगो लगाउन बाँकी छ। वीरगन्जको उपमेयर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई दिने एमालेको तयारी छ।
सचिवालय बैठकले विराटनगर महानगरको मेयर र उपमेयरको भने टुंगो लगाएन। ९ वटा उपमहानगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवारको टुंगो लगाएको छ। इटहरीको मेयरमा यामकुमार सुब्बा र उपमेयरमा संगीता चौधरीलाई उम्मेदवार बनाउने निर्णय भएको छ। धरानको मेयरमा मञ्जु भण्डारी र उपमेयरमा पदम लिम्बूलाई उम्मेदवार तोकेको छ। भण्डारी हालकी उपमेयर हुन्।
हेटौंडाको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेलाई उठाउने निर्णय एमालेले गरेको छ। बुटवलको मेयरमा बाबुराम खड्का र उपमयेरमा सावित्रादेवी अर्याललाई उम्मेदवार बनाएको छ। दाङको घोराही उपमहानगरपालिकाको मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसीलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ। चौधरी वर्तमान मेयर हुन्।
एमालेबाट दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयरमा टीकाराम खड्का र उपमेयरमा ज्ञानी चौधरीले टिकट पाएका छन्। नेपालगन्जको मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शान्ति ढकाललाई एमालेले उम्मेदवार बनाउने भएको छ। धनगढीको मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला राना थारु उम्मेदवार भएका छन्। कलैयाको मेयरमा एमालेले विनोद साहलाई उठाएको छ। एमालेले जितपुर सिमरा र जनकपुरका मेयर र उपमेयर उम्मेदवार छान्न बाँकी छ।
कुन ठाउँमा को उम्मेदवार ?
महानगर
काठमाडौं
मेयर– केशव स्थापित
उपमेयर– सुनिता डंगोल
ललितपुर
मेयर– हरिकृष्ण ब्यञ्जनकार
उपमेयर– मञ्जली शाक्य
वीरगन्ज
मेयर– विजय सरावगी
उपमेयर– निर्णय गर्न बाँकी
पोखरा
मेयर– दीपक पौडेल
उपमेयर– मञ्जुदेवी गुरुङ
भरतपुर
मेयर– विजय सुवेदी
उपमेयर– निर्णय गर्न बाँकी
विराटनगर
निर्णय गर्न बाँकी
उपमहानगरपालिका
धनगढी
मेयर – रणबहादुर चन्द
उपमेयर– कन्दकला राना थारु
नेपालगन्ज
मेयर– पशुपति दयाल मिश्र
उपमेयर– शान्ति ढकाल
तुलसीपुर
मेयर– टीकाराम खड्का,
उपमेयर– स्यानी चौधरी
घोराही
मेयर– नरुलाल चौधी
उपमेयर– हुमा डिसी
बुटवल
मेयर– बाबुराम खड्का
उपमेयर– सावित्रा अर्याल
हेटौंडा
मेयर–अनन्त पौडेल
उपमेयर–सुमित्रा काफ्ले
धरान
मेयर– मन्जु भण्डारी
उपमेयर–पदम लिम्बू
इटहरी
मेयर– यामकुमार सुब्बा
उपमेयर– संगीता चौधरी
कलैया
मेयर– विनोद शाह
जितपुर सिमरा
निर्णय गर्न बाँकी
जनकपुर
निर्णय गर्न बाँकी