जनकपुर र जितपुर-सिमराको उम्मेदवार छान्न एमालेलाई सकस, ९ उपमहानगरका उम्मेदवारको सूची हेर्नुस्

जनकपुर र जितपुर-सिमराको उम्मेदवार छान्न एमालेलाई सकस, ९ उपमहानगरका उम्मेदवारको सूची हेर्नुस्

काठमाडौं : नेकपा एमालेले ११ मध्ये ९ उपमहानगरको उम्मेदवार टुंगो लगाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा शनिबार भएको सचिवालय बैठकले जनकपुर र जितपुर-सिमराबाहेकको पालिकामा उम्मेदवार टुंगो लगाएको प्रचार प्रसार विभाग प्रमुख पृथ्बीसुब्बा गुरुङले जानकारी दिए।

उनका अनुसार धनगढी उपमहानगरको मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्द्रकला राना थारु, नेपालगञ्ज उमहानगरको मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शन्तिदेवी ढकाल, तुलसीपुर उपमहानगरको मेयरमा टीकाराम खड्का र उपमेयरमा श्यानी चौधरी र घोराही उपमहानगरको मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा कुमारी डीसीको नाम टुंगो लगाएको छ।

त्यस्तै बुटवल उपमहानगरको मेयरमा बाबुराम भट्टराई र उपमेयरमा सावित्रादेवी अर्याल, हेटौंडा उपमहानगरको मेयरमा अन्नत पौडेल र र उपमेयरमा सुमित्रा काफ्ले, धरान उपमहानगरको मेयरमा मञ्जु भण्डारी र उपमेयरमा पदम लिम्बु र इटहरी उपमहानगरको मेयरमा एमकुमार सुब्बा र उपमेयरमा संगीता चौधरीको नाम टुंगो लगाएको गुरुङले जानकारी दिए।

त्यस्तै कलैया उपमहानगरको मेयरमा विनोद साहको नाम टुंगो लागेको छ। उपमेयरमा भने बाँकी रहेको एमालेले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.