पोखराको मेयरमा स्वतन्त्रबाट लेखक पौडेलले गराए उम्मेदवारी दर्ता
पोखरा : पोखरा महानगरपालिकाको मेयरमा लेखक गनेस पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । अटेरी अभियान सुरु गरेका पौडेलले अप्सरा अधिकारीको प्रस्ताव र सरोज जिसीको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् । वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारी दर्ताको तालिका छ ।
अहिलेसम्म पोखरा महानगरपालिका मेयरमा पौडेलको मात्रै उम्मेदवारी दर्ता भएको हो । पोखरा २६ मा नारायण लामिछानेले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । अहिलेसम्म दर्जनभन्दा बढीको उम्मेदवारी दर्ता भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी नील पनेरुले जानकारी दिए । अटेरी अभियानकै सुजन कार्कीले पोखरा १४ को वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
मेयरमै अर्का उम्मेदवार विमलबहादुर कार्कीले पनि मनोनयन दर्ता गराएका छन् । लेखक गनेस झै कार्की पनि पोखरा १४ कै बासिन्दा हुन् ।