मुस्ताङमा कांग्रेसको उम्मेदवार छनौट अन्तिम चरणमा

मुस्ताङमा कांग्रेसको उम्मेदवार छनौट अन्तिम चरणमा

मुस्ताङ : स्थानीय तह निर्वाचनका लागि मुस्ताङमा नेपाली कांग्रेसले उम्मेदवार अन्तिम चरणमा पुर्‍याएको छ । मुस्ताङमा कांग्रेसले घरपझोङ,वारागुङ मुक्तिक्षेत्र र लोमान्थाङमा आफ्नो उम्मेदवार टुङगो लगाएको छ भने थासाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाकाको उम्मेदवारको विवरण अझै प्राप्त हुन नसकेको जनाइएको छ ।

नेपाली कांग्रेसले लोमान्थाङ गाउँपालिकाको अध्यक्षमा लोमान्थाङ—१ छोसेरका टसी गुरुङ र उपाध्यक्षमा लोमान्थाङ—४ चुमजुङकी छिरिङ ढोका गुरुङलाई उम्मेदवार बनाउँने भएको छ ।कांगे्रसले लोमान्थाङ—१ मा पेमा आङ्ग्या गुरुङ, २ मा ङहाव खेटु गुरुङ,३ मा आङ्ग्या गुरुङ र ४ मा नम्डु गुरुङलाई वडाध्यक्ष उम्मेदवार बनाउने भएको छ । लोमान्थाङ—५ को वडाध्यक्षमा एकिकृत समाजवादीबनट ढुक्के गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस जिल्ला सचिव विकल शेरचनले जानकारी दिए ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्ष पदमा वारागुङ—४ का आङ्जेन गुरुङ र उपाध्यक्ष पदमा वारागुङ—१ झारकोटकी धेतेन आङ्मो गुरुङलाई निर्वाचनमा उम्मेदवार बनाउने तय गरेको छ ।कांग्रेसबाट वारागुङ—१ मा छेवाङ नर्वु गुरुङ,२ मा नरु गुरुङ, ४ मा कर्मा घ्याचो गुरुङ र वडा —५ मा राजु गुरुङ वडाध्यक्ष पदमा उम्मेदवार बन्दैछन् । यहाँको वडा—५ को अझै टुङ्गो लाग्न सकेको छैन ।

मुस्ताङ सदरमुकाम समेत रहेको घरपझोङ गाउँपालिकाको अध्यक्ष पदमा घरपझोङ—२ मार्फाका  मोहनसिंह लालचन र उपाध्यक्ष पदमा घरपझोङ—५ ठिनीकी जमुना थकाली उपाध्यक्ष पदमा उम्मेदवार बन्ने भएका छन् । उपाध्यक्षकी उम्मेदवार हालै एमाले परित्याग गरी कांग्रेस प्रबेश गरेकी थिईन् ।घरपझोङ —१ मा आसबहादुर थकाली ,२ मा मानबहादुर हिराचन,३ मा सुरेन्द्र थकाली ,४ मा यामप्रसाद थकाली र वडा—५ मा संजय थकालीलाई वडाध्यक्ष पदमा उम्मेदवार बनाउने तयारी गरेको जिल्ला सचिव शेरचनले जानकारी दिए ।

मुस्ताङमा ५ दलीय गठबन्धनबाट एकिकृत समाजवादी पार्टीले उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा देव लोहालाई अध्यक्ष पदमा उम्मेदवार बनाउने निश्चित भएको छ ।यहाँका अन्य वडाहरुमा वडाध्यक्ष पदमा उम्मेदवारको तय भइनसकेको कांग्रेस पालिका कमिटी अध्यक्ष टसी लेन्डुप गुरुङले जानकारी दिए ।

कांग्रेस सहितको गठबन्धनबाट घरपझोङ—१ मा माओवादी केन्द्र र एकिकृत समाजवादीले १—१ जना वडा सदस्य पाएका छन् । मुस्ताङमा ५ दलीय गठबन्धन दलबीचको मतभारका आधारमा कांग्रेसले माओवादी केन्द्र र समाजवादीलाई आशिंक मात्र मात्र उम्मेदवारको कोटा दिइएको हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.