कञ्चनपुरमा कांग्रेस एक्लै चुनाव लड्ने, माओवादी र समाजवादीको गठबन्धन
महेन्द्रनगर : स्थानीय तह निर्वाचनका लागि कञ्चनपुरमा नेपाली कांग्रेस एक्लै चुनाव लड्ने भएको छ । तालमेलममा कांग्रेस सहमत नभएपछि माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको छ। ९ स्थानीय तह रहेको कञ्चनपुरमा ५ स्थानीय तहमा माओवादी केन्द्रले प्रमुख र ४ स्थानीय तहमा एकीकृत समाजवादीले प्रमुख पाउने गरी सहमति भएको हो ।
यस्तै, ६ स्थानीय तहमा माओवादी केन्द्र र तीन स्थानीय तहमा एकीकृत समाजवादीले उपप्रमुख उठाउने सहमति भएको छ । कृष्णपुर, शुक्लाफाँटा, लालझाडी, बेलौरी र बेल्डाँडीमा माओवादी केन्द्र तथा बेदकोट, भीमदलत्त, दोधराचाँदनी र पुनरवास एकीकृत समाजवादीको भागमा परेको छ ।
कांग्रेस र गठबन्धन दल उमेदवारको टुंगो लगाउन व्यस्त छन् । आज बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय छ ।