मनाङका चार वडामा कांग्रेसका उम्मेदवार निर्विरोध

मनाङका चार वडामा कांग्रेसका उम्मेदवार निर्विरोध

बेसीसहर : हिमाली जिल्ला मनाङका केही वडामा अध्यक्ष र सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन्। ४ गाउँपालिका रहेको यहाँ नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साथै स्वतन्त्र उमेद्वारहरु निर्वाचित भएका हुन्।  

मनाङको चामे गाउँपालिकाको वडा नं. १ र २ का वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका छन्। वडा नं. १ मा नेकपा एमालेका खड्कजंग गुरुङ निर्विरोध भएका हुन्।  सो वडामा एमालेबाटै महिला सदस्यमा राजकासी गुरुङ र दलित महिला सदस्यमा अनिता विक निर्विरोध भएका छन्।  

यस्तै वडा नं. २ को अध्यक्षमा नेपाली कांग्रेसका मंगलदेव गुरुङ निर्विरोध भएका छन्। सोही वडामा महिला सदस्यमा गममाया गुरुङ र दलित महिला सदस्यमा नविना परियार कांग्रेसबाट निर्विरोध बनेका छन्।  

यस्तै नासो गाउँपालिकामा नेपाली कांग्रेसबाट वडा नं. ५ को वडाअध्यक्षमा थुतेन लामा, वडा नं. ६ को वडाअध्यक्षमा पुष्पबहादुर गुरुङ र वडा नं. ७ को वडाअध्यक्षमा ओमबहादुर गुरुङ निर्विरोध निर्बाचित भएका छन्।  

निस्याङ गाउँपालिकाको वडा नं. ३ को वडाअध्यक्षमा स्वतन्त्रबाट कृष्ण लामा र वडा नं. ९ मा नेकपा माओवादी केन्द्रबाट च्योल्पा गुरुङ वडाअध्यक्षमा निर्विरोध भएका छन्। सोही वडामा अनिल गुरुङ, धनबहादुर गुरुङ, महिला सदस्यमा रिया गुरुङ र दलित महिला सदस्यमा सुष्मिता सेन्चुरी स्वतन्त्रबाट निर्विरोध भएका छन्।  

मनाङका मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले अन्तिम नामावली प्रकाशन गरी दावीविरोधको समय सकिएपछि मात्र निर्विरोध निर्वाचित घोषणा गर्न मिल्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.