मधेसका सबैतिर सिके राउतका उम्मेदवार

मधेसका सबैतिर सिके राउतका उम्मेदवार

जनकपुरधाम : ‘कोठली बाहर मत’ अर्थात् कोठा बाहिर मतदान। यो २०७४ को स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सिके राउत नेतृत्वको तत्कालीन स्वतन्त्र मधेस गठबन्धनले चलाएको अभियान हो। तर, अहिले हुन लागेको स्थानीय निर्वाचनमा नेतृत्व उही भए पनि फरक पार्टीका सार्थ ‘भोट मलाई’ अभियानमा सिके राउत छन्। तराई मधेसका गाउँ–गाउँमा पहिले निर्वाचन बहिस्कार गर्ने उनका कार्यकर्ता भोट माग्न व्यस्त छन्। 

०७४ मा बिखण्डनकारी राजनीतिको आरोप लागेका सिकेले आफ्नो प्रभाव क्षेत्रमा मतदान बदर गर्न नै सिकाए। सोही आरोपमा प्रहरीको फन्दामा परे। तर, पछिल्लो स्थानीय तहको उपनिर्वाचनबाट चुनावी अभियानमा होमिए। अहिले उनका नेता कार्यकर्ता चुनावी गतिविधिको माहोल तयार गर्न जुटेका छन्। स्थानीय तहमा खडा गरेको उम्मेदवारहरू मतदातालाई नमस्कार गर्दै भोट माग्न तल्लिन छन्। मध्यावधि निर्वाचनमा ४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि भएको मनोनयनमा सिके राउत नेतृत्वको जनमत पार्टीले विभिन्न स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको थियो। मधेस प्रदेशको उपनिर्वाचनमा प्रदेश ५, कपिलवस्तु र प्रदेश १ को मोरङको एउटा स्थानीय तहमा सिके राउतको पार्टीले उम्मेदवारी दर्ता गराएको थियो।

सिकेको युटर्न

तराई मधेसमा पृथकतावादी आन्दोलनको आरोपमा पटक–पटक पक्राउ पर्दै छुट्दै आएका राउत एकाएक केपी ओली नेतृत्वको सरकारसँग ११ बुँदे सम्झौता गर्दै मूलधारको राजनीतिमा आए। २४ फागुन ०७५ बाट राउत सरकारसँग ११ बुँदे सहमति गरी खुला राजनीतिमा आएका हुन्। ११ बुँदे सहमतिमा राउत पक्षले संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार्दै स्वतन्त्र राजनीति गर्ने तथा स्वतन्त्रता, स्वाधीनता र अखण्डतको रक्षा गर्ने उल्लेख गरिएको छ। 

त्यस्तै सरकारले स्वतन्त्र मधेश गठबन्धनका नेता कार्यकर्तामाथि लगाएका राजनीतिक मुद्दा खारेज गर्ने, उसलाई मुलधारको राजनीति गर्न अवरोध नगर्ने र गठबन्धनका नेता कार्यकर्ताको ज्ञान तथा सीप राज्यका लागि लगाउने उल्लेख छ। त्यसयता राउतको अखण्डता विरोधी गतिविधि देखिने गरी भएको पाइँदैन। सरकारसँग सहमतिसँगै आफ्नो संगठनलाई पुनर्गठन गरी जनमत पार्टी निर्माण गरे र निर्वाचनमा सहभागी भए। 
आफूलाई सुरक्षित अवतरण गराए। ‘नेपालमा जटिल समस्या थिए, देशलार्ई स्थिरतामा लैजानका लागि हामीले यो कदम चालेका छौं, आन्दोलन विस्फोट हुने डर थियो तर प्रधानमन्त्रीले गर्नुभएको पहलले हामी यो अवस्थामा आइपुगेका छौं,’ राउतले भगवान गौतम बुद्धको नाम लिँदै भने, ‘हामी बुद्धका सन्तान हौं, अहिंसा हाम्रो रंग रंगमा छ।’

जनमत पार्टी किन आयो चुनावमा ?

मूलधारमा आइसकेपछि राजनीतिक अधिकारलाई उपयोग गरी चुनावी गतिविधिमा भाग लिएको जनमतको भनाइ छ। मूलधारको राजनीतिक अधिकारलाई संस्थागत गर्ने क्रममा राजनीतिक पार्टीले पहिलो पटक चुनावमा भाग लिएर जनतामा सकारात्मक सन्देश गएपछि मूलधारको गतिविधिमा लागेको जनमताका प्रेस संयोजक बीपी साह बताउँछन्। जनमत पार्टीका धनुषा जिल्ला अध्यक्ष ओमविक्रम कुशवाहाले अर्धभूमिगत रहे पनि सहमतिपछि खुला राजनीतिमा आएकाले चुनावी प्रक्रियामा सहभागी हुनु स्वाभाविक भएको बताए। 

सिके राउतले हिंसात्मक र राष्ट्रविद्रोही राजनीति नगर्ने भन्दै अन्य जनताको पक्षमा काम गर्न चाहेको बताए। तर, मधेसमा राउतलाई मूलधारको राजनीतिमा आउनुलाई सकारात्मक भने केहीले राज्यसँग आत्मसमर्पण गर्दै मधेसी समुदायलाई धोका दिएको आरोप छ। 

३६५ पालिकामा उम्मेदवार 

उपनिर्वाचनमा ४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि भएको निर्वाचनमा सिके राउतको पार्टीले १ गाउँपालिका अध्यक्षसहित ८ वडामा भाग लिएका थिए। सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशसहित देशभरीमा रहेको कुल ७ सय ५३ गाउँ/नगरपालिकामध्ये १ सय ६५ पालिकामा मनोनयन दर्ता गराएका छन्। यसैगरी कुल ६ हजार ७ सय ४३ वडा मध्ये १२ सय वडामा मनोनयन दर्ता गराएको जनमत पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले जानकारी दिए। 

मण्डलका अनुसार चन्द्रकान्त (सिके) राउत नेतृत्वको जनमत पार्टीले किसानको समस्या समाधान, भ्रष्टाचारी हटाउने, रोजगारी सृजना गर्ने जस्ता विषयलाई पार्टीको घोषणापत्रमा समेटेको जानकारी दिए। भने, ‘हाम्रो चुनावी घोषणापत्रको मूल मर्म सामुदायिक स्वराज र देशको कायम लोकतन्त्र नभई प्रत्यक्ष लोकतन्त्रको अनुभूति गराउन जनमत पार्टीलाई जिताउन आग्रह गर्छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.