रौतहटमा ८३ वटा मतदानस्थल अति संवेदनशील

रौतहटमा ८३ वटा मतदानस्थल अति संवेदनशील

रौतहट : स्थानीय तहको निर्वाचनका लागि स्थानीय प्रशासनले रौतहटमा ८३ वटा मतदान स्थललाई अति संवेदनशील सुचिमा राखेको छ। भारतसँग सीमा जोडिएका विभिन्न पालिकाहरु भुगोलको विकटता, यातायातको असुविधा र चुरेक्षेत्रसँग जोडिएको स्थानलाई अति संवेदनशील मतदान स्थलको सूचीमा राखेको हो।

जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार २०६४ सालदेखि नै अति संवेदनशीलको सूचीमा रहेका मतदान स्थल, स्थानीय अवस्था, भुगोलको अवस्था, सीमाको अवस्थालाई हेरेर जिल्ला सुरक्षा समितिको बैठकले संवेदनशील केन्द्र छुट्याएको हो।

गत चुनावमा १ सय २१ मतदान स्थलबाट ८३ वटालाई अति संवेदनशील मतदान स्थलको सूचीमा राखिएको थियो। भारतसँग सिमाना जोडिएको राजदेवी, गौर, इशनाथ, परोहा, बौधीमाई, चुरेसँग जोडिएका चन्द्रपुर नगरपालिका सहित १४ पालिकाको ८३ वटा मतदान स्थल अति संवेदनशीलको सूचीमा रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए। 

जिल्लामा १ सय १९ संवेदनशील र ७४ सामान्य गरेर २ सय ७६ मतदानस्थलमा ४ सय ७७ मतदान केन्द्र छन्।

गरुडा, माधवनारायण, गुजरा नगरपालिका र यमुनामाई गाउँपालिकामा मतदान स्थल अति संवेदनशील सुचिमा छैन। स्थानीय तहको निर्वाचनमा पूर्ण रुपमा सुरक्षा व्यवस्था मिलाइएको, अति संवेदनशील, संवेदनशील मतदान स्थलमा सुरक्षाको विशेष ब्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

सुरक्षाका लागि म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई परिचालन गरिने जनाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.