चुनाव खर्चको लागि गठबन्धन सरकारले औषधिमासमेत कमिसन खायो : ओली

चुनाव खर्चको लागि गठबन्धन सरकारले औषधिमासमेत कमिसन खायो : ओली

हेटौंडा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकाले देशलाई कंगाल बनाएर छाड्ने दाबी गरेका छन्। आइतबार हेटौंडामा मे दिवसको अवसरमा एमाले मकवानपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यो खान जन्मेकाहरुको सरकार हो, देशलाई कंगाल बनाएर मात्र छाड्छ।’

सरकारमा बसेकाहरुले चुनाव खर्चको लागि औषधि किनेरसमेत कमिशन निकाल्ने काम गरेको ओलीको आरोप छ। कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित गरेर जारी गरेको घोषणापत्रमा आफ्नो नाम ४२ ठाउँमा लेखिएको तर कांग्रेस सभापतिको नाम ८ ठाउँमा मात्र लेखिएको भन्दै उनले सत्ता गठबन्धन एमालेसँग डराएको दाबी गरे। एमाले कार्यकर्ता वैशाख ३० गते सत्ता गठबन्धनलाई पछारेर मात्र निदाउने उनको भनाइ छ। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अहिलेको गठबन्धन सरकार परमादेशबाट निर्माण भएकोले एमालेमा देखिएको उत्साहका कारण गठबन्धन आतंकित भएको टिप्पणी गरे।

नेकपा एकीकृत समाजवादीतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले मन्त्रीको सिक्रीले बाँधेका कारण मात्रै धेरै नेताहरु समाजवादीमा बसिरहेको बताए। ‘मन्त्रीको सिक्री फुस्कने बित्तिकै धेरै नेताहरु एमालेमा फर्कन्छन्’, ओलीले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.