रामेछापमा एमालेका कार्यकर्ताद्वारा काँग्रेस कार्यकर्ता कुटिए

रामेछापमा एमालेका कार्यकर्ताद्वारा काँग्रेस कार्यकर्ता कुटिए

रामेछाप : चुनावी प्रचार र घरदैलो कार्यक्रममा रहेका नेपाली काँग्रेस रामेछापका कार्यकर्तालाई एमालेका कार्यकर्ताले कुटपिट गरेका छन्। स्थानीय चुनावको अभियानमा रहेका रामेछाप नगरपालिका वडा नं ५ का काँग्रेस कार्यकर्ता दानबहादुर तामाङलाई एमाले कार्यकर्ताको समूहले गए राती कुटपिट गरेर घाइते बनाएको काँग्रेस नेता तीर्थ तामाङले जानकारी दिएका छन्। 

हारको मनस्थिति भएपछि एमाले कार्यकर्ताले अराजकता देखाएको पनि तामाङले बताए। कुटपिटबाट घाइते भएका दानबहादुर तामाङले प्रहरी चौकी रामेछापमा जायरी दर्ता गराएका छन्। उनको जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको नेपाली काँग्रेस रामेछापकी महाधिवेशन प्रतिनिधि कुमारी हायुले जानकारी दिएकी छन्।  

घाइते घटनाको जानकारी पाउने बित्तिकै प्रहरी टोलीलाई घटना स्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.