जब संकट पर्छ समाधान गर्न अहोरात्र खटिएको छु : वडाध्यक्षका उम्मेदवार श्रेष्ठ
रामेछाप : खाँडादेवी गाउँपालिका–५ नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेका राजनारायण श्रेष्ठले वडावासीलाई आफ्नै जनप्रतिनिधि भएको आभास दिलाउने बताएका छन्।
भौतिक पूर्वाधारअन्तर्गत यातायातलाई बाह्रै महिना सहज बनाउँदै वडालाई कृषिमा आत्मनिर्भर बनाउने आफ्नो योजना रहेको श्रेष्ठ बताउँछन्। श्रेष्ठ भन्छन्, “वडाबाट प्रदान गरिने सम्पूर्ण सेवा सहज र सरल बनाउँने छु।’ वडाबासी आम जेष्ठ नागरिकको लागि सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमार्फत गाउँ गाउँमै पुर्याएर सहजता दिलाउने आफ्नो योजना रहेको श्रेष्ठ बताउँछन्।
सुत्केरी भत्तालगायतका कार्यक्रम संचालनमा ल्याएर उनीहरुको हौसला वृद्धि गर्ने श्रेष्ठको भनाइ छ। जब संकट पर्छ आफू त्यो संकट समाधान गर्न अहोरात्र खटिएको छु आम युवाको साथ छ अग्रजको आशीर्वाद र समकक्षीको सहयोग छ त्यसैकारणपनि आफू निर्वाचित हुनेमा राजनारायण ढुक्क छन्।
वडा नं ५ लाई देशकै नमूना वडा बनाएर देखाउने छु, वडाबाट प्रदान गरिने सेवा सुविधा सहज र सरल बनाउने छु र साँच्चै नागरिकले आफ्नो सरकार अनि गाउँगाउँमा सिंहदरबार भएको आभास दिलाएर छाड्ने प्रतिवद्धता रहेको श्रेष्ठ बताउँछन्।
युवा उद्यमशिलता कार्यक्रम संचालन गरेर युवा जनशक्ति विदेशीनबाट रोक्ने आफ्नो योजना रहेको श्रेष्ठको भनाइ छ। कृषिमा आधुनिकीकरणको विकास गरेर उत्पादन दोब्बर बनाउने कार्यक्रम संचालनमा ल्याउने पनि श्रेष्ठ बताउँछन्।
आफ्नो घोषणापत्र जारी गरिसके र त्यसलाई अक्षरस पूरा गर्दै आवश्यकताको आधारमा र वडाबासीको मागको आधारमा विकासको गतीलाई तिव्रता दिने श्रेष्ठको प्रतिज्ञा रहेको छ।