महाराजगंज नगरपालिकाकी उपप्रमुख पदकी उम्मेदवार कुर्मीको निधन

महाराजगंज नगरपालिकाकी उपप्रमुख पदकी उम्मेदवार कुर्मीको निधन

कपिलवस्तु :नेपाली कांग्रेसको तर्फबाट महाराजगंज नगरपालिकामा उपप्रमुखको उम्मेदवार रहेकी शुभावती कुर्मीको मृत्यु भएको छ। गत राति हृदयघातका कारण कुर्मीको निधन भएको परिवारजनले बताएका छन् । मृतक कुर्मी यसअघि महाराजगंज नगरपालिकाकी निवर्तमान उपप्रमुख समेत हुन्।

उपप्रमुख पदकी उम्मेदवार कुर्मीको निधनसँगै महाराजगंज नगरपालिकाको उप प्रमुख पदमा नेपाली कांग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन दर्ता गर्न सकिने मुख्य निर्वाचन अधिकृत तेजेन्द्र सापकोटाले बताए । उप प्रमुख पदकै उम्मेदवारको मृत्यु भएलगत्तै नेपाली कांग्रेस कपिलवस्तुले निर्धारित मितिमै मतदान हुने गरी आफ्नो पार्टीको नयाँ उम्मेदवार दर्ता गराउन र निर्वाचनमा आफूहरु सहभागी हुन तयारी अवस्थामा रहेको नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्यले बताए । 

उपप्रमुख पदका लागि मृतक शुभावती कुर्मीकी बुहारी २८ वर्षीय रिता कुमारी कुर्मीलाई उम्मेदवार बनाइने महामन्त्री आचार्यले बताए । उम्मेदवार कुर्मीको निधनप्रति नेपाली कांग्रेस कपिलवस्तु जिल्ला कार्य समितिका सभापति अब्दुल कलाम खां र नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिका महामन्त्री सुरेन्द्र राज आचार्यले शोक वक्तव्य जारी गरी समवेदना प्रकट गरेका छन् । 

मृतक उपप्रमुख पदकी उम्मेदवार शुभावती कुर्मी।तस्बिर : अन्नपूर्ण


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.