हङकङमा छल्केको प्रेम

हङकङमा छल्केको प्रेम

 हङकङ : भागी जाउ न, तिमी र म 

कहिँ दूर टाढा, मायाको संसारमा 

एउटा प्रेमिल गीतमा समेटिएको भावना हो। हङकङको आधुनिकतालाई पृष्ठभूमि बनाएर सयौं गीतका भिडियोहरू बनेका छन्। गगनचुम्वी भवन र समुद्रको विशालतामा बनेका भिडियोहरूले पर्याप्त वाहवाही पनि पाएका छन्।  

काम गर्नैपर्ने बाध्यताकाबीचमा सिर्जना भएका गीत र भिडियोहरूले थोरै भए पनि नेपाली संगीत र कलाकारिताको वाङ्मयमा इँट थप्ने काम गरेको साधनामा तल्लिन भएकाहरू बताउँछन्। भिडियोग्राफी र निर्देशकीय क्षमताबाट हङकङेली नेपाली समाजमा आफूलाई स्थापित गरिरहेका मज्जाको राईले एक भिडियो सार्वजनिक गरेका छन्। आफ्नै छायांकन, सम्पादन र निर्देशनमा सार्वजनिक भिडियोमा शिशिर गुरुङ र संगीता हुप्पा चेम्जोङको अभिनय छ। 

भीम पूर्जाको स्वर, अर्जुन पाइजा पुनको रचना संगीत रहेको गीतको भिडियोलाई हङकङको मनोरम प्राकृतिक दृश्यहरूमा छायांकन गरिएको भिडियोले सार्वजनिक गरिएको छोटो समयमै राम्रो प्रतिक्रिया पाइरहेको छ। दुई वयस्क युवायुवतीबीचको अभूतपूर्व प्रेम र समर्पणलाई भिडियोमा समेटिएको निर्देशक राई बताउँछन्। 

‘करिब एक हप्ता लगाएर भिडियोको गुणस्तरलाई प्रधानता दिइएर भिडियो निर्माण गरेका छौं’, उनी भन्छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.