डोटीमा जीप दुर्घटना हुँदा कम्तिमा १० जना घाइते

डोटीमा जीप दुर्घटना हुँदा कम्तिमा १० जना घाइते

डोटी : डोटीको शिखर नगरपालिका-४ गरूडीमा ना१ज ३१५२ को जीप दुर्घटना हुँदा कम्तिमा १० जना घाइते भएका छन्। शिखर नगरपालिकाको लुवाखडीबाट यात्रु बोकेर शिखर नगरपालिका-५ तिजालीतर्फ जान लागेको जीप दुर्घटना भएको हो। बिहीबार बेलुकी करिब ६ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

जीप सडकबाट १५ मिटर तल खसेको छ। जीपमा क्षमताभन्दा बढी यात्रु भएका कारण दुर्घटना भएको बताइएको छ। जीपमा करिब ३० जना यात्रु रहेका जनाइएको छ। यात्रु जीपको छतमा समेत कसेका बसेका थिए। घाइतेहरूको संख्या अझै एकीन हुन नसकेको प्रहरीले जनाएको छ।  

घाइतेहरूलाई दिपायलस्थित शैलेश्वरी हस्पतालमा लगिएको बताइएको छ। अधिकांश यात्रुहरू शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि भोट हाल्न जिल्ला बाहिरबाट आएका थिए। घाइते यात्रुहरू अधिकांश शिखर नगरपालिका-५ तिजालीका रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.