मतदान केन्द्रमा ताल्चा, मतदाता लाइनमा
धरान : सुनसरीको धरान उपमहानगरपालिका- १५ स्थित सदन स्कुल मतदान केन्द्रमा भोटे ताल्चा लगाएर कर्मचारीभित्र बसेका छन्। बिहान ७ बजे मतदान सुरु गर्नु पर्ने भएपनि मतदानमा खटिएका कर्मचारीको लापरबाहीका कारण समयमा मतदान सुरु हुन नसकेको हो ।
मतदाता नामावलिको क्रम संख्या नमिलेको र मतदानमा खटिएका कर्मचारीको चरम लापरबाहीले समयमा मतदान गर्न नपाएको कांग्रेस केन्द्रीय सदस्य मीन बिकले बताए । बिहान ६ बजेदेखि मतदान गर्न लाइन बस्दा पनि साढे सात बजेपनि मत हाल्न नपाएको मतदाता भक्तबहादुर पौडेलले बताए।