रौतहटमा कतै झडप, कतै आगजनी : माधव नेपाललाई अवरोध गर्दा प्रहरी हस्तक्षेप

रौतहटमा कतै झडप, कतै आगजनी : माधव नेपाललाई अवरोध गर्दा प्रहरी हस्तक्षेप

रौतहट : जिल्लाको केही मतदान केन्द्रमा विवाद भएको छ। १५ जना बढी घाइते भएका छन्।

रौतहटको गढीमाई नगरपालिका- ३ लक्ष्मीपुरमा मतदानको क्रममा झडप हुँदा १५ जना घाइते भएका छन्। लक्ष्मीपुरमा मतदानको क्रममा झडप भएको हो।

लक्ष्मीपुरस्थित खरिदी प्राथमिक विद्यालय भवनमा रहेको मतदान केन्द्रमा नेकपा एस, कांग्रेसबीच झडप भएको हो।

दुई पक्षबीच मतदानकै क्रममा विवाद भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो।

यस्तै गढिमाई- ६ सिंगरवनमा नेकपा एसका वडाध्यक्ष उम्मेदवार रामविनोद यादवको मोटरसाइकल जलाइएको छ। त्यस केन्द्रमा मतदानको विषयमा छलफल भइरहेको छ।

गौरमा मतदान केन्द्रभित्र छिर्न खोज्दा माधव नेपाललाई कांग्रेस कार्यकर्ताले अवरोध गरेका छन्।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रौतहट सदरमुकाम गौरको विभिन्न वडाको मतदान केन्द्रमा घुम्ने क्रममा वडा नम्बर ५ गौरीशंकर यादव रौतहट क्याम्पस मतदान केन्द्रभित्र छिर्न खोज्दा स्थानीयहरुले नाराबाजी गरेका थिए।

गौर- २ मा रहेको रामजानकी कन्या प्राविमा मत खसालेर गौरीशकर क्याम्पसको बुथमा छिर्न खोजेका नेता नेपाललाई त्यहाँबाट नाराबाजी गर्दै लखेटेका हुन्।

सुरक्षाकर्मीको सहयोगमा नेता नेपाल सो स्थानबाट बाहिरिएका थिए।

यस्तै रौतहटको फतुवा विजयपुर नगरपालिकाको एउटा मतदान केन्द्रमा मतदानको विषय विवाद भएपछि प्रहरीले ५ राउन्ड हवाई फायर गरेको छ। उक्त नपाको शितलपुर बैरगनिया मतदान केन्द्रमा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले फायर गरेको हो। अहिले स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ।

गुजरा नपाको कनकपुरमा जसपा,  कांग्रेस र एमाले कार्यकर्ताबीच भनाभन भएको छ, सोही नपाको पोखरभिन्डामा माओवादी केन्द्र र जसपा, उता लक्ष्मीपुरमा नेकपा एस, कांग्रेस र जसपा, मनहर्वामा माओवादी र जसपाले विरोध जनाएका छन्।

अन्य केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको जनाएको छ। १६ नगर २ गाउँपालिकामा २६७ स्थल र ५१८ मतदान केन्द्र रहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.