सुनसरीमा ५० प्रतिशत मत खस्यो, मतदाताको संख्या न्यून
धरान : सुनसरीमा ५० प्रतिशत मत खसेको छ । दिउँसो ३ बजेसम्म ५० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख कृष्ण पौडेलले ३ बजेसम्म ५० प्रतिशत मत खसेको बताए । सुनसरीमा १२ स्थानीय तह छ्न् । धेरैजसो मतदान स्थलमा मतदाताको उपस्थिति कम रहेको छ । इटहरी उपमहानगर पालिकाकी उपमेयर लक्ष्मी गौतमले मतदातको उपस्थिति धेरै कम भएको बताए ।
यसअघिका जनप्रतिनिधिले जनताको भावनाअनुसार काम नगरेकाले मतदाताहरु निरास भएर मत खसाल्न नआएको बुझिएको छ। कतिपय मतदाता विदेशमा रहेकाले पनि मतदानमा सहभागी हुन नसकेको बताइएको छ ।
सुनसरीमा ५ लाख ३४ हजार ७ सय ६५ मतदाता रहेका छन्।