हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु

हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ। आज बिहान आठ बजेबाट मतगणना सुरु भएको हो। हेटौंडाको वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो। हेटौंडा–२, १८ र १९ को मतगणना पनि सुरु गरिएको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए।

हेटौंडाको शिद्धार्थ माध्यमिक विद्यालयको भवनमा मतगणना सुरु गरिएको हो। शुक्रबार राती नै मतपेटीका जम्मा भएपनि दलहरुबीच आज बिहानबाट मात्रै मत गणना गर्ने सहमति भएको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयको अनुसार हेटौंडाको कुल १ लाख ४ हजार ४ सय ७३ मतदाता रहेको हेटौंडामा ७३ हजार ४ सय १४ मत खसेको थियो। 

हेटौंडासँगै मकवानपुरको थाहा नगरपालिका, इन्द्रसरोबर गाउँपालिका, मनहरी गाउँपालिका र भीमफेदी गाउँपालिका पनि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयहरुले जानकारी दिएको छ। जिल्लामा ७१ प्रतिशत मतदान भएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाको प्रारम्भिक अनुमान छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.