उदयपुरका दुई स्थानीय तहबाहेक सबैमा मतगणना कार्य सुरु
उदयपुर : उदयपुरका दुई स्थानीय तहबाहेक सबै ठाउँमा मतगणना कार्य सुरु भएको छ। आठ स्थानीय तहमध्ये छ वटामा मतगणना सुरु भएको हो।
मुख्य निर्वाचन अधिकृत दीपक खनालकाअनुसार त्रियुगा नगरपालिका र कटारी नगरपालिका बाहेकका अन्य चार गाउँपालिका र तीन नगरपालिकामा मतगणना सुरु भएको हो। त्रियुगाको वडानं १२ मा ५१ प्रतिशत मत खसेपछि विवाद सृजना हुँदा मतदान कार्य स्थगित भएको हो भने।
कटारी नगरपालिका १० सोरुङ्गछविसेस्थित कालिका माध्यमिक विद्यालयमा मतदान कार्य सकिसकेपछि प्रहरीले चलाएको गोली लागि एकको मृत्यु भएपछि प्रकृया अवरुद्ध भएको हो।
खनालले भने, ‘सोरुङबाट मतपेटीका कटारी नगरपालिकाको निर्वाचन कार्यालय आइपुगेको छैन्, यता त्रियुगा नगरपालिका १२ मा रहेको जनप्रेमी आधारभूत विद्यालयको मतदान केन्द्रमा विवादको कारण रोकिएको हो।’ उदयपुरमा जम्मा एक लाख ४० हजार ८ सय मत खसेको निर्वाचन कार्यालयले जानकारी दिएको छ।