एमालेको किल्ला भत्काउँदै मुस्ताङको घरपझोङमा कांग्रेसको इन्ट्री

एमालेको किल्ला भत्काउँदै मुस्ताङको घरपझोङमा कांग्रेसको इन्ट्री

जोमसोम : मुस्ताङ सदरमुकाम घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसले बाजी मारेको छ । स्थानीय तह निर्वाचन २०७४ मा नेकपा एमालले अध्यक्ष र उपाध्यक्ष पद जितेकोमा त्यो रेकर्ड कांग्रेसले ५ वर्षपछि उल्टाएको छ । घरपझोङ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार मोहनसिंह लालचन ७६० मतले विजय भएका छन् ।

उनका निकटम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार सञ्जयकुमार थकालीले ७५८ मत प्राप्त गरे । घरपझोङको अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार  लालचन २ मतको अन्तरले विजय भएका हुन् । यस्तै, घरपझोङको उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी उम्मेदवार जमुना थकालीले ६९३ मत प्राप्त गरी विजयी भइन् । उनका निकतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार मिमकुमारी शेरचनले ६१८ मत प्राप्त गरिन् ।उपाध्यक्ष पदमा ७५ मत अन्तरले कांग्रेस उम्मेदवार थकाली विजय भएकी हुन् ।

घरपझोङ गाउँपालिका वडा–३ को वडाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार फडिन्द्र थकालीसहित एमालेको प्यानल विजयी भएको छ । यस्तै, घरपझोङ –४ को वडाध्यक्ष पदमा कांग्रेसका यमप्रसाद थकालीसहितको प्यानल विजय भएको हो । यसअघि स्थानीय तह निर्वाचनअन्तर्गत घरपझोङ १,२ र ५ वडामा कांग्रेस,एमाले,माओवादी केन्द्र र समाजवादीका उम्मेदवार निर्विरोध भएका थिए ।

केन्द्र तहको सत्ता गठबन्धनले जिल्लामा मिलेर निर्वाचनमा सहकार्य गर्ने निर्णय गरेको थियो । गठबन्धनकै कारण घरपझोङमा नेपाली कांग्रेसले अध्यक्ष पद जित्न सफल भएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.