गोरखा नगरपालिका १ मा कांग्रेसको प्यानलै विजयी
गोरखा : गोरखा नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । वडा अध्यक्षमा हिक्मतबहादुर कुँवर दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ४९२ मत प्राप्त गरेका छन् । उनका निकटत्तम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले ३७१ मत ल्याएका छन् ।
सो वडाबाट मेयर र उप मेयरमा नेपाली कांग्रेसको अग्रता छ । मेयरमा कांग्रेसका राजनराज पन्तले ४८३, उपमेयरमा सपना पुनले ४९५ मत प्राप्त गरेका छन् । मेयरमा माओवादी केन्द्रका कृष्ण रानाले ३८६, उपमेयरमा जसपाका नारायण खत्रीले २७३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, मेयरमा एमालेकी सम्झना देवकोटाले २५४ र उपमेयरमा देवी बस्नेतले २२७ मत प्राप्त गरेका छन् । उम्मेदवारी फिर्ता लिएको भनिएको माओवादी केन्द्रको उप मेयरलाई पनि ११३ मत खसेको छ ।
त्यस्तै,पालुङटार नगरपालिकाको वडा नं. १ को जारी मतगणनामा जसपाले अग्रता लिएको छ ।
प्रतिक्रिया दिनुहोस !