दंगीशरण गाउँपालिका-१ मा कांग्रेसको प्यानल विजयी
दाङ : दंगीशरण गाउँपालिका-१ मा वडाध्यक्षसहित सबै सदस्यमा कांग्रेसको प्यानल विजयी भएको छ। वडाध्यक्षमा कांग्रेसका रमेश भण्डारी विजयी भएका छन्।
यस्तै सदस्यहरुमा खुल्ला सदस्यतर्फ चन्द्रलाल चौधरी, मिना चौधरी, महिला सदस्य हुमा गिरी, दलित महिला सदस्य लक्ष्मी परियार विजयी भएका छन्।