मकवानपुरको ६ स्थानीय तहमा गठबन्धन अगाडि

मकवानपुरको ६ स्थानीय तहमा गठबन्धन अगाडि

मकवानपुर : मकवानपुरको ६ स्थानीय तहमा गठबन्धन दल र एकमा नेकपा एमालेले अग्रता लिएको छ। गठबन्धन दलले हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी, राक्सिराङ, इन्द्रसरोबर र मकवानपुरगढी गाउँपालिकामा अग्रता लिएको हो। नेकपा एमालेलेले बागमती गाउँपालिकामा अग्रता लिएको छ।

हेटौंडा उपमहानगरपालिकामा झिनो मतले गठबन्धन दलले अग्रता लिएको छ। हेटौंडा उपमहानगरपालिकामा एक हजार चारसय मत मत गणना हुँदा गठबन्धन दल नेकपा एकिकृत समाजवादीकी उम्मेदवार मिना लामा २४ मतले अगाडि रहेका छन्। मेयरमा नेकपा एकिकृत समाजवादीका लामाले चारसय ४८, नेकपा एमालेका अनन्त पौडेलले चारसय २४ र  राप्रपाका दिपक बहादुर सिंहले तीनसय ५३ मत पाएका छन्। 

उपमेयरतर्फ गठबन्धन दल नेपाली कांग्रेका राजेश बानियाँले ६ सय ४१, नेकपा एमालेकी सुमित्रा काफ्लेले ५ सय ३९ र राप्रपाकी इन्दिरा डल्लाकोटीले ९४ मत प्राप्त गरेकी छिन्। अहिले हेटौंडाको १ र १९ नम्बर वडाको मतगणना भइरहेको छ। हेटौंडामा ७३ हजार चारसय १४ मत खसेको छ।

मकवानपुरको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धनले आफ्नो अग्रतालाई फराकिलो बनाएको छ। थाहा–१ को मतगणनाको क्रममा सत्तारुढ गठबन्धनले करिब तीनसय मतले अग्रता लिएको हो। थाहा–१ मा १५ सय मतगणना हुँदा मेयरमा माओवादी केन्द्रका विष्णु विष्ट (आदर्श)ले सातसय सय ९४ मत प्राप्त गरेको छ। नेकपा एमालेका अच्युतम प्रसाद ढकालले पाँचसय नौं मत प्राप्त गरेको छ।

उपमेयरमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कांग्रेसका भरत गोपालीले ७ सय १८ र नेकपा एमालेकी कल्पना बलामीले पाँचसय ३८ मत प्राप्त गरेकी छिन्। 

मकवानपुरको मनहरी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले अध्यक्षमा नेकपा एमालेभन्दा दोब्बर मतले अगाडि रहेको छ। मनहरी–१ को १७ सय ८६ मत गणना गर्ने क्रममा गठबन्धनको उम्मेदवारले अग्रता फराकिलो पारेको हो।

मनहरीमा गठबन्धनको तर्फबाट कांग्रेसका अध्यक्ष उम्मेदवार रन्जन कालाखेतीले नौं सय ९८ मत पाएको छ। नेकपा एमालेका एकराज उप्रेतीले चारसय ६४ मत पाएको छ। नेकपा एकिकृत समाजवादीका नारायण श्रेष्ठले दुईसय दुई मत पाएको छ। उपाध्यक्षमा गठबन्धन दल नेकपा माओवादी केन्द्रकी सीता पुलामी मगर (रेखा) ले चारसय ६४ मत ल्याउँदै अग्रता कामय गरेको छ। एमालेकी सुजिता थिङले चारसय पाँच र नेकपा एकिकृत समाजवादीका मनिला विष्टले तीनसय १८ मत प्राप्त गरेकी छिन्। 

इन्द्रसरोबर गाउँपालिकामा पनि गठबन्धन दल नेपाली कांग्रेसले अग्रता लिएको छ। अध्यक्षमा नेपाली कांग्रेसका विश्वलाल लामाले सातसय ४४, नेकपा एमालेका डिके पुडासैनीले छ सय ७४ मत प्राप्त गरेको छ। उपाध्यक्षमा कांग्रेसका निर्मला रुम्बाले सातसय ५५ र एमालेका उमा कुमारी लामाले छ सय ६० मत प्राप्त गरेको छ।

मकवानपुरको राक्सिराङ गाउँपालिकामा एकसय मत गणना हुँदा गठबन्धन दल नेपाली कांग्रेसका राजकुमार मल्लले अध्यक्षमा ५२ मत पाएको छ। एमालेका बाबुलाल स्याङ्तानले ४४ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा नेकपा एमालेका सुन्तलीमाया प्रजाले ४४ र गठबन्धन दल नेकपा माओवादी केन्द्रका बनस्तम थिङले ३३ मत प्राप्त गरेका छन्। 
मकवानपुरगढी गाउँपालिकामा गठबन्धन दल अघि रहेको छ। अहिले सम्म गाउँपालिका–१ र ८ को मतगणनामा गठबन्धन अगाडि देखिएको हो। 

१ नम्बरको सयमत र वडा नम्बर आठको दुईसयसय मत गणनाहुँदा गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका दोर्जे लामा स्याङतानले एक सय ७४ मत प्राप्त गरेका छन्। एमालेका विदुर हुमागाईंले ९० मत प्राप्त गरेका छन्। 

गाउँपालिका उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रकी मानकुमारी पाख्रिन नेपालीले एक सय ५१ मत प्राप्त गरेकी छन्। उनलाई पछ्याउँदै एमालेकी सन्तु थिङले ८९ मत प्राप्त गरेकी छन्। 

मकवानपुरको बागमती गाउँपालिकामा भने नेकपा एमालेले अग्रता कायम गरेको छ। वडा नम्बर १ मा तीनसय मत गन्दा नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेद्वार खेमराज जर्गा मगरले एकसय २९ मत प्राप्त गरेका छन्। गठवन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्केश घलानले एकसय २० मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा गठवन्धनको उम्मेद्वार फणिन्द्रकुमार तिमल्सिनाले एकसय ८३ मत प्राप्त गर्दा एमालेकी धनमायाँ स्याङतानले ६२ मत प्राप्त गरेकी छिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.