मुस्ताङको थासाङमा १४ पदमा एमाले र १३ पदमा कांग्रेस विजयी

मुस्ताङको थासाङमा १४ पदमा एमाले र १३ पदमा कांग्रेस विजयी

जोमसोम : मुस्ताङको तल्लोक्षेत्र थासाङ गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारले इन्ट्री गरेका छन् । यद्यपी उपाध्यक्षमा भने कांग्रेसका उम्मेदवारले विजयी हासिल गरेका छन् ।

२०७४ सालको पहिलो स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुबै पद जितेको नेपाली कांग्रेसले यसपटक भने अध्यक्ष पद गुमाउन पुगेको हो । 

थासाङमा नेकपा एमालले कुल २७ पदमध्ये १४ पद आफ्नो पोल्टोमा पारेको छ । नेपाली कांग्रेसले १३ पदमा जितेको छ । जिल्ला निर्वाचन कार्यालय मुस्ताङका अनुसार नेकपा एमालेका उम्मेदवार प्रदिप गौचनले १,१४४ मत प्राप्त गरी अध्यक्ष पदमा जीत हासिल गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस अध्यक्ष पदकी उम्मेदवार बालकुमारी शेरचनले १०५५ मत ल्याएकी छिन् । थासाङको अध्यक्ष पदमा एमालेका उम्मेदवार गौचनले ८९ मतान्तरले जितेका हुन् ।

थासाङ गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार सोमल हिराचनले १,११२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सुमिता शेर्पाले १०८० मत ल्याइन् । उपाध्यक्ष पदमा कांग्रेसका उम्मेदवार हिराचनले ३२ मतान्तरले जीत हासिल गरेका छन् ।

थासाङ गाउँपालिकाको वडा ३ र ४ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ भने थासाङको वडा २ मा नेकपा एमालेको प्यानलनै विजयी भएका छन् । थासाङ १ र ५ मा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ भने त्यहाँ अन्य सदस्य नेकपा एमालेले जीत दर्ता गरेको हो ।

योसँगै मुस्ताङको ४ स्थानीय तहमा नेकपा एमालेले अध्यक्ष पद जितेको छ । कांग्रेसले घरपझोङमा मात्र अध्यक्ष पद जितेको हो । उपाध्यक्ष पदमा नेकपा एमालेले ३ उपाध्यक्ष जितेको छ भने कांग्रेसले २ उपाध्यक्ष जितेको छ । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले ३ अध्यक्ष पद र २ उपाध्यक्ष जितेको थियो । एमालेले ३ उपाध्यक्ष पद जितेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.