सल्यानमा गठबन्धनको विजय उत्सव मनाउन गएका दुईजनाको करेन्ट लागेर मृत्यु, १५ घाइते

सल्यानमा गठबन्धनको विजय उत्सव मनाउन गएका दुईजनाको करेन्ट लागेर मृत्यु, १५ घाइते

दाङ : सल्यानमा विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा दुईजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कुमाख - १  स्यानिपिप्लिका लोकेन्द्र राना र वडा नम्बर ४ कोर्तीका गोपाल बुढाथोकी रहेको प्रहरीले बताएको छ।

जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकाहरुलाई करेन्ट लागेको सल्यानका प्रहरी प्रमुख डीएसपी सुमित खड्काले बताए ।

गाडीको छतमा झण्डा समाएर बस्नेत ज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरुलाई विजुलीको तारबाट करेन्ट लागेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाइ रुकुमको चौरजहारी मिसन अस्पताल लगिएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.