धरानमा कांग्रेस र एमालेलाई टक्कर दिँदै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ

धरानमा कांग्रेस र एमालेलाई टक्कर दिँदै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ

धरान : धरान उपमहानगरपालिकामा त्रिपक्षीय प्रतिष्पर्धा भएको छ । 

धरानमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ । गठबन्दनको तर्फबाट मेयरका उम्मेदवार कांग्रेसका किशोर राईले ३६४५ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन्।

एमालेकी मन्जु भण्डारी र स्वतान्त्र उम्मदेवार हर्क साम्पाङले मतान्तर घटाइरहेका छन् । एमालेकी मेयरकी प्रत्यासी भण्डारीले २८९५ मत प्राप्त गरी कांग्रेसका राईलाई पछ्याइरहेकी छिन् । मेयरका स्वतन्त्र प्रत्यासी धरानका भष्ट्राचारविरुद्धका सामाजिक अभियन्ता हर्क साम्पाङले २७०९ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । 

उपमेयरमा गठबन्दनको तर्फबाट माओवादी केन्द्रका अईन्द्रविक्रम बेघाले ३९५३ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । एमालेका पदम इस्वोले ३४७६ मत प्राप्त गरी बेघालाई पछ्याइरहेका छन्।

धरानमा गठबन्धनका किशोर राई र एमालेकी मञ्जु भण्डारीको पकड रहेको क्षेत्रमा समेत साम्पाङले राम्रो मत ल्याएका छन् ।  एमाले र कांग्रेसका वडाअध्यक्षका उम्मेदवारले लिडिङ गरेको वडाहरुमा समेत स्वतन्त्र उम्मेदवारको मत बढि झरेकाले चुनावी परिणाम अप्रत्यासित रुपमा आउन सक्ने अनुमान गरिएको छ  । 

प्राप्त मत परिणामले एमालेको गडका रुपमा रहेको धरानमा मतदाताहरु राजनीतिक दलहरुप्रति वाक्क भएर स्वतन्त्र उम्मेदवारको पक्षमा उभिएको देखिन्छ । 

धरानमा ११ हजार ५४८ मत गणना गरिएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.