कञ्‍चनपुरको भीमदत्त र कृष्णपुरमा मतगणना स्थगित

कञ्‍चनपुरको भीमदत्त र कृष्णपुरमा मतगणना स्थगित

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिकामा मतगणना स्थगित भएको छ । 

आइतबार भीमदत्त नगरपालिका–२ को मतगणना गर्दा एक सय मतपत्र भनि खोलिएको पोकामा एक सय २३ मतपत्र भेटिएपछि विवाद हुँदा गणना रोकिएको थियो । 

मतगणना सुचारुका लागि पटकपटक सर्वदलीय बैठक बसेर छलफल भएपनि सहमति जुट्न नसक्दा गणना हुन सकेको छैन । 

मतगणनाका क्रममा मतपेटिकामै अधिक मत पाइएपछि नेकपा एमालेसहित अन्य दलहरुले विरोध जनाउँदै पुनः निर्वाचनको माग गर्दै आएका छन् । वडा नम्बर २ स्थित सरस्वति माध्यामिक विद्यालयमा भएको मतदानमा गणना गर्दा अधिक मत पाइएको थियो । 

निर्वाचन कार्यालयले एक सय मतपत्र भनि खोलिएको पोकामा एक सय २३ मतपत्र भेटिएपछि विवाद भएको बताए । मुख्य निर्वाचन अधिकृत मदन धामीले निर्वाचन आचारसंहिता अनुसार पुनः मतदान गर्न नमिल्ने बताए ।

 तर, मत काउन्ट गर्नेबेला गणक परिर्वतन गरिँदा केही यताउता परेको उनले बताए । भीमदत्त नगरपालिकामा मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । 

नेपाली कांग्रेसका मेयरका उम्मेदवारले १२३३,उपमेयरका उम्मेदवारले ९३९ मत ल्याएका छन भने एमालेका मेयरका उम्मेदवारले ३४३ र नेकपा एस र माओवादीका गठबन्धनका उम्मेदवारले २२१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, कृष्णपुर नगरपालिकामा पनि मतगणना स्थगित भएको छ । कृष्णपुर नगरपालिका ९ को पञ्चाधिन माध्यामिक विद्यालयको बुथ केन्द्रको मतगणना हुँदा खसेको मतभन्दा बढी मत गणना गर्दै नतिजा सार्वजनिक भएपछि नेकपा एमाले र माओवादी केन्द्रले विरोध गरेका छन् ।

पञ्चाधिन बुथ केन्द्रमा १ हजार ९ सय १४ मत खसेकोमा २ हजार ६४ मत गणना भएको भन्दै नतिजा प्रकाशित गरिएको थियो । कृष्णपुर नगरपालिकाका प्रमुख निर्वाचन अधिकृत नरेन्द्रबहादुर बुढाले कम्पुटरमा डाटा इन्ट्री गर्दा गल्ती भएको बताए । कृष्णपुरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । नेपाली कांग्रेसका मेयर उम्मेदवारले ८ सय ९८, एमालेका मेयर उम्मेदवारले ५ सय २९ र माओवादी केन्द्रका उम्मेदवारले ४ सय ७९ मत पाएका छन । 

एक पालिकामा कांग्रेस र एकमा एमाले विजयी

नौ वटा स्थानीय तह रहेको कञ्चनपुरमा दुई पालिकामा मतगणना सम्पन्न भएको छ । बेलडाँडी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार हरिशचन्द्र राना ४१०३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अकलबहादुर विष्टले २३०१ मत ल्याएका छन् ।

 यस्तै, गाउँपालिका उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी शान्ति नाथले ३६७३ मत ल्याइ विजयी भएकी छिन् । 

त्यसैगरी, लालझाडी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा निर्मल राना ४५१६ मत ल्याई विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका मदनसेन वडायकले २८५८ मत ल्याए । उपाध्यक्षमा पनि एमालेकै सपना चौधरी राना विजयी भएकी छिन । उनले ३५६१ मत ल्याउदा उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी राधा रानाले ३४९३ मत ल्याइन ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.