रामेछापको पालिका अध्यक्षमा कांग्रेसले खोल्यो खाता

रामेछापको पालिका अध्यक्षमा कांग्रेसले खोल्यो खाता

रामेछाप : रामेछाप जिल्लामा पहिलोपटक पालिका अध्यक्षको मत परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका गोकुलगंगा गाउँपालिका अध्यक्ष पदका काजीबहादुर खड्का (दिनेश) भारी मतान्तरका साथ निर्वाचित भएका हुन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खड्गबहादुर सुनुवारलाई १ हजार ३ सय ८३  को फराकिलो अन्तरले पराजित गरेका हुन्। खड्काले ६ हजार ९३ मत प्राप्त गरेका थिए भने सुनुवारले ४ हजार ७ सय १० मत प्राप्त गरेका थिए।
 

खड्का गत स्थानीय निर्वाचनमा गोकुलगंगा गाउँपालिका-५ नामाडीबा वडाध्यक्षमा पराजित भएका थिए भने सुनुवार निवर्तमान पालिका अध्यक्ष हुन्।

यस्तै उपप्रमुखमा पनि नेपाली कांग्रेसबाट उषा कार्की निर्वाचित भएकी छिन्। कार्कीले ५ हजार २ सय ५३ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ।

कार्कीले निवर्तमान उपाध्यक्ष एमालेकी राधिका श्रेष्ठलाई ४ सय ६७ मतको अन्तरमा पराजित गरेकी हुन्। एमालेबाट पराजित श्रेष्ठ सोही पालिकाकी उपाध्यक्ष पनि हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.