रौतामाई गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी
उदयपुर : उदयपुरको रौतामाई गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार भरतबहादुर थापालाई पछि पार्दै गठबन्धन नेकपा माओवादी केन्द्रका अध्यक्षका उमेदवार वीरेन्द्रकुमार मगर विजयी भएका हुन् ।
थापालाई ८४२ मतान्तरले पराजित गरी मगर अध्यक्ष निर्वाचित भएका हुन् । मगरले ४ हजार १८८ मत ल्याए भने खत्रीले ३ हजार ३४६ मत पाए । ०७४ मा मगर १२६ मतले एमाले उम्मेदवारसँग पराजित भएका थिए ।
त्यसैगरी उपाध्यक्षमा गठबन्धन नेपाली कांग्रेसका भुपेन्द्र थापा विजयी भएका छन् । थापाले ३ हजार ३६९ मत पाउँदा एमालेका कुमारी ठकुरीले ३ हजार ९३ मत पाइन् । थापा यसअघि २०७४ मा अध्यक्ष पदमा तेस्रो मत ल्याएर पराजित भएका थिए ।
८ वडा रहेको रौतामाईमा नेकपा एमालेले ५ वडा जितेको छ भने गठबन्धनबाट नेपाली कांग्रेसले २ र नेकपा माओवादी केन्द्रले १ वडा जितेको छ । एमालेबाट वडा नं. १,२, ३,५ र ७ मा क्रमश रुद्र कार्की, होमबहादुर दाहाल, दिपेन्द्र दाहाल, पाण्डोव राई र मनोज रानामगर विजयी भए । त्यसैगरी गठबन्धनबाट नेपाली कांग्रेसबाट वडा नं. ४ मा रवि खत्री, ८ मा घमानसिंह मगर र माओवादीबाट वडा नं. ६ मा पृथ्वी राई विजयी भए ।