ताप्लीमा गठबन्धनका उमेदवार विजयी
उदयपुर : निकै प्रतिस्रपर्धा रहेको उदयपुरको ताप्ली गाउँपालिकामा गठबन्धनका उमेदवार विजयी भएका छन्। नेकपा एमालेका उमेदवार बाबुराम राईलाई पछि पार्दै गठबन्धन नेकपा माओबादी केन्द्रका अध्यक्षका उमेदवार ढुंगराज विक विजयी भएका हुन्।
राईलाई ३८ मतान्तरले पराजित गरी विक अध्यक्ष निर्वाचित भएका हुन्। विकले १ हजार ७८७ मत ल्याए भने राईले १ हजार ७४९ मत पाए। ०७४ मा विकले अध्यक्षमा तेस्रो मत प्राप्त गरेका थिए।
त्यसैगरी उपाध्यक्षमा गठबन्धन नेपाली कांग्रेसका धनामाया मगर विजयी भएकी छन्। मगरले २ हजार ५८६ मत पाउँदा एमालेका मानकुमारी थापाले १ हजार ३०६ मत पाएकी छन्। थापा यसअघि २०७४ मा उपाध्यक्षमा एमाले उमेदवारसँग पराजित भएकी थिइन्।
अध्यक्ष विक पहिलो दलितबाट निर्वाचित अध्यक्ष बनेका छन्। ५ वडा रहेको ताप्लीमा नेकपा एमालेले २ वडा जितेको छ भने गठबन्धनबाट नेपाली कांग्रेसले २ र नेकपा माओबादी केन्द्रले १ वडा जितेको छ। एमालेबाट वडा नं १ मा उद्धव हमाल, २ मा छत्र श्रेष्ठ विजयी भए। त्यसैगरी गठबन्धनबाट वडा नं ३ मा नेपाली कांग्रेसका रङ्गमान तामाङ्ग, ४ मा उमेश मगर र ५ मा माओबादी केन्द्रका विष्णु श्रेष्ठ विजयी भएका छन्।