मकवानपुरको राक्सिराङ गाउँपालिका अध्यक्ष कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी
मकवानपुर : मकवानपुरको राक्सिराङ गाउँपालिकामा गठबन्धन दल विजयी भएको छ। पालिका अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार मल्ल नौं सय नौं मत अन्तरले विजयी भए।
उनले पाँच हजार चार सय ८१ र निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बाबुला स्याङ्तानले चार हजार पाँचसय ७२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मल्ल दोस्रो कार्यकाल नेपाली कांग्रेसबाट पालिका अध्यक्ष निर्वाचित भएका हुन्।