रामेछाप नगरपालिकामा न्यौपानेको शानदार जित
रामेछाप : जिल्लाको पुरानो सदरमुकामसमेत रहेको रामेछाप नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार लबश्री न्यौपाने विजयी भएका छन्।
न्यौपाने ६ हजार ६ सय ३९ मतका साथ विजयी भएका हुन्। नेकपा एमालेका उम्मेदवार रोशन पाख्रीनलाई ६ सय ५३ मतले पराजित गर्दै विजयी भएका हुन्।
यस्तै उपप्रमुखमा कांग्रेसकी बाला कार्की ६ हजार ६ सय ४० मतका साथ विजयी भएकी हुन्। कार्कीले एमालेकी सीता केसीलाई १ हजार २ सय ९३ मततले पराजित गर्दै रामेछाप नगरपालिकाकी उपप्रमुख निर्वाचित भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ।
रामेछाप नगरपालिका गत स्थानीय निर्वाचनमा पनि कांग्रेसले नै जितेको थियो। गत स्थानीय निर्वाचनमा कांग्रेस, एमाले र माओवादीले समान ३/३ वडा जितेका थिए भने यो पटक ७ वटा वडासहित कांग्रेले विजयी भएको हो। नगरपालिकामा २ वटा वडा माओवादी केन्द्रले जितेको छ।
निर्वाचित भएसंगै न्यौपानेले नगरबासीको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताए।