कांग्रेसलाई पराजित गर्दै एमालेकी पार्वती सुनुवार बनिन् फिक्कल गाउँपालिकाको अध्यक्ष
![कांग्रेसलाई पराजित गर्दै एमालेकी पार्वती सुनुवार बनिन् फिक्कल गाउँपालिकाको अध्यक्ष](https://annapurnapost.prixacdn.net/media/albums/sinduli_20220518151426_bIkyBxtAfy.jpg)
सिन्धुली : सिन्धुलीको फिक्कल गाउँपालिकामा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै नेकपा एमाले विजयी भएको छ ।
गाउँपालिकाको अध्यक्षमा एमालेकी पार्वती सुनुवार गठबन्धनको तर्फबाट कांग्रेसका नृप भुजेललाई ४५ मतले पराजित गर्दै निर्वाचित भएकी हुन् ।
उनले ४ हजार ६२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भुजेलले ४ हजार १७ मत पाए ।
सुनुवार सिन्धुलीमा गाउँपालिका अध्यक्षमा निर्वाचित हुने पहिलो महिला उम्मेदवारसमेत बनेकी छन् ।
उनी २०७४ सालको स्थानीय निर्वाचनमा फिक्कल गाउँपालिकाकी उपाध्यक्ष हुन्।
यस्तै, फिक्कल गाउँपालिका उपाध्यक्षमा पनि एमालेकै राजु बरालले फराकिलो मत अन्तरमा विजयी भएका छन् ।
गठबन्धनबाट माओवादी केन्द्रका लोकेन्द्र कार्कीलाई पराजित गरेका बरालले ४ हजार २ सय ५६ मत पाई निर्वाचित भएका हुन् ।
गठबन्धनबाट माओवादी केन्द्रका कार्कीलाई ३ हजार ४ सय २६ मत प्राप्त भएको थियो ।
फिक्कल गाउँपालिकाका ४ वटा वडामा वडा अध्यक्ष सहित प्यानल नै एमालेले जितेको छ ।
६ वडा रहेको फिक्कलमा वडा नं. १ माओवादी केन्द्र र वडा नं. ४ मा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
जिल्लामा नेकपा एमालेले सिन्धुलीको गोलन्जोर गाउँपालिकाको अध्यक्षमा गठबन्धन दलबाट नेपाली कांग्रेसका पुष्प कार्कीलाई पराजीत गर्दै जित हात पारेको छ ।
गोलन्जोर गाउँपालिका अध्यक्षमा एमालेका शंकर बराल र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका ज्वाला प्रसाद न्यौपाने विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)