डोटीमा दुई महिला पत्रकार उपप्रमुख र उपाध्यक्षमा विजयी

डोटीमा दुई महिला पत्रकार उपप्रमुख र उपाध्यक्षमा विजयी

डोटी : डोटीका दुई स्थानीय तहमा महिला पत्रकारले जित हात पारेका छन्।

शिखर नगरपालिकाको उपप्रमुखमा सुनिता रावल र आदर्श गाउँपालिकाको उपाध्यक्षमा लक्ष्मी रोकायाले जित हात पारेका हुन्। दुबै नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए।

उपप्रमुख रावल दशक अगाडिदेखि रेडियो नेपाल सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलमा कार्यरत थिइन्।

उनी नेपाल पत्रकार महासंघ डोटी शाखाको उपाध्यक्ष तथा नेपाल प्रेस युनियनको पार्षद हुन्। शिखर नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार लक्ष्मीदेवी मल्ललाई पराजित गर्दै रावल ६४२६ मत ल्याएर विजयी भएकी हुन्।

त्यसैगरी आदर्श गाउँपालिकाकी उपाध्यक्ष रोकाया नेपाल प्रेस युनियन डोटी शाखाकी उपाध्यक्ष हुन्।

बैतडीस्थित एक रेडियोबाट पत्रकारिता सुरुवात गरेकी उनी विभिन्न अनलाइनमा कार्यरत थिइन्। आदर्श गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी जानकी शाही खड्कालाई पराजित गर्दै रोकाया ३०५१ मतका साथ विजयी भएकी हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.