गठबन्धनलाई हराउँदै मौलापुरको मेयरमा रिना साह विजयी

गठबन्धनलाई हराउँदै मौलापुरको मेयरमा रिना साह विजयी

रौतहट : मौलापुर नगरपालिकामा गठबन्धनलाई हराउँदै दोस्रो पटक मेयर पदमा नेकपा एमालेकी उम्मेद्वार रिना कुमारी साह विजयी भएकी छन्।  २०७४ सालमा निर्वाचित मधेश प्रदेश कै एक मात्र मेयर रिना साह यसपटक पनि ५५ सय ६४ मतपाएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाटनेकपा  माओवादी केन्द्रका राम प्रवेश यादवले ३ हजार ६२ मत प्राप्त गरेका छन ।

यसैगरी उपमेयरमा पनि नेकपा एमालेकै उम्मेदवार नागेन्द्रप्रसाद साह ४५ सय १४ मतका साथ निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी रिना कुमारी साह ( कानु ) ले ३४ सय ४ मत प्राप्त गरेकी छन्। 

मौलापुर नगरपालिकामा कुल मतदाता १४ हजार ७ सय ८४ रहेकोमा १२ हजार ७६० मत खसेको थियो । नगरपालिकाको ९ वडामध्ये  वडा नम्बर १ मा नेकपा माओवादी केन्द्र र वडा नम्बर ६ मा एकीकृत समाजवादीले जितेको छ भने अन्य सवै वडाहरुमा नेकपा एमालेले जितेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.