कांग्रेस र एमालेसँग विद्रोह : धरानमा चम्किए स्वतन्त्रका हर्क सम्पाङ

कांग्रेस र एमालेसँग विद्रोह : धरानमा चम्किए स्वतन्त्रका हर्क सम्पाङ

धरान : धरान कम्युनिष्टहरुको गठ हो ।  २०४८ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनोमोहन अधिकारीले चुनाव जितेको धरानले पछिल्लो समयमा कम्युनिष्ट विरुद्ध विद्रोह गरिरहेको छ । २०७६ को स्थानीय उपनिर्वाचनमा मात्र कांग्रेसका तर्फबाट धरानको मेयरमा तिलक राईले चुनाव जितेको धरान अहिले एमाले र कांग्रेस दुबै दलसँग विद्रोह गरिरहेको छ । 

यसको उदाहरण हो बैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनको मत परिणाम । धरान उपमहानगरपालिकाको ३६ हजार ६४७ मत गणना गर्दा मेयरका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राईले पराकिलो अग्रता लिएका छन् । हर्कले ११ हजार ३३९ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । उनलाई गठबन्धनका संयुक्त उम्मेदवार कांग्रेसका किशोर राईले ९ हजार ८३० मत प्राप्त गरी साम्पाङलाई पछ्याइरहेका छन् । एमालेबाट मेयरकी प्रत्यासी मन्जु भण्डारीले ८ हजार ०७१ मत प्राप्त गरी तेस्रो स्थान ओगटेकी छन् । 

उपमेयरमा गठबन्धनका साझा उम्मेदवार अईन्द्रविक्रम बेघाले ११ हजार ४२१ मत प्राप्त गरी अग्रता लिएका छन् । उनलाई एमालेका पदम स्वोले १० हजार ९५८ मत प्राप्त गरि पछ्याईरहेका छन् । धरानमा १ देखि १० र १२, १८,१९ र २० वडाको मत गणना सकिएको छ । गन्न बाँकि ११,१३,१४,१५,१६ र १७ वडाको मत छ । तर मतगणना भैरहेको स्थानमा पनि हर्कले अप्रत्यासित मत बटुलिरहेका छन् । मतगणनाको रोजक प्रसंग के छ भने एमाले र कांग्रेसले जितेका वडामा समेत मेयरका उम्मेदवारभन्दा दोब्बर मत हर्कले ल्याउने गरेका छन् । मतगणनाको प्रारम्भिक नजिताले हर्क विजय नजिक पुगेको संकेत गरिरहेको छ । 

धरानमा २, ४, ५, ७, ८, १०, १२, १९ वडा एमालेले जितेको छ । एमालेले वडा अध्यक्षमा जितेका वडामा समेत हर्कले बढी मत प्राप्त गरेपछि मेयरकी प्रत्यासी तेस्रो स्थानमा झरेकी छन् । कांग्रेसले १, ३,९, १८, २० वडा जितेको छ । कांग्रेसले जितेका वडामा मात्र मेयरका प्रत्यासी राईले बढी मत प्राप्त गरेका छन् । धरान ६ मा कांग्रेसका बागी उम्मेदवार भुपेन्द्र भट्टराई वडाअध्यक्ष र अन्य सदस्य एमालेले जितेका छन् । यी वडामा पनि हर्कलाई राम्रो मत प्राप्त भएको छ। 

मत परिणाम स्वतन्त्रको पक्षमा गएपछि कांग्रेस एमालेले कमजोर उम्मेदवार उठाएको बताउन थालेका छन् । धरानको मतगणनास्थलमा भेटिएका एमालेका पोलिटब्युरो सदस्य हिक्मत कार्कीले पनि पार्टीले कमजोर उम्मेदवारलाई टिकट दिएका कारण धरानको मत परिणाम अप्रत्यासित आएको बताए । 

को हुन् हर्क साम्पाङ?
 
हर्क साम्पाङ धरानमा सर्दु जलाधार बचाउ आन्दोलन, खानेपानी आन्दोलन र भ्रष्टाचार विरुद्ध आन्दोलनका अभियन्ता हुन् । धरानमा खानेपानी आयोजनामा चरम भ्रष्टाचार भएको भन्दै धरानमा आन्दोलन चर्काए । धरानवासीले खानेपानी खान नपाए पश्चात पानी माग्दै आन्दोलनको अगुवाई गरे । हर्कलाई धरानमा भ्रष्टाचार विरुद्धको अभियान्ताका रुपमा चिनिन्छ । 

चुनावमा मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका उनले आफूले चुनाव जिते सप्तकोसीबाट पानी ल्याएर धरानवासीलाई खुवाउने प्रतिबद्धता जनाएका छन् । धरानमा पानी खान नपाएर दिक्क बनेका सर्वसाधारणले हर्कलाई भोट दिएको बुझिएको छ । हर्कले भने धरानमा कांग्रेस एमालेका नेताहरुको खराव प्रवृत्तिका कारण धराने जनताले दिक्क भएर आफूलाई मत दिएको बताए । उनले आफू मेयरमा निर्वाचित भए कुर्सीमा समेत नबस्ने र भुईंमा बसेर जनताको सेवा गर्ने बताएका छन् ।

'मत गणनाको परिणम हेर्दा मैले अग्रता लिएको छु , गन्न बाँकी वडामा पनि मेरै पकड छ', उनले भने। उनले मेयरमा विजयी बनेपछि सबैलाई मिलाएर धरानको मुहार फेर्न र यहाँको भ्रष्टाचार अन्त्य गर्ने बताए । 

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.