खाँडादेवी गाउँपालिका -६ को वडा अध्यक्षमा कांग्रेसका कार्की निर्वाचित

खाँडादेवी गाउँपालिका -६ को वडा अध्यक्षमा कांग्रेसका कार्की निर्वाचित

रामेछाप : खाँडादेवी गाउँपालिका- ६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार नारायण कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका गोपाल कार्कीलाई १ सय २७ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका छन्। नारायणले ७०४ मत ल्याउँदा उनले निकटतम प्रतिद्वन्दी गोपालले ५७७ मत प्राप्त गरेका छन् । 

खाँडादेवी गाउँपालिका नेपाली कांग्रेस रामेछापका नेता उत्पादन गर्ने स्थलको रुपमा चिनिन्छ । तर त्यो पालिकामा २०७४ सालको स्थानीय निर्वाचनमा पनि कांग्रेसले एउटामात्र वडा जितेको थियो भने अहिलेको स्थानीय निर्वाचनमा पनि एउटा वडा जितेर आफ्नो शाख बजाउन सफल भएको छ । २०७४ सालमा वडा नं. २ जितेको कांग्रेसले अहिले वडा नं. ६ मा विजयी भएको हो।

खाँडाडेवी गाउँपालिकामा नेपाली काँग्रेसका केन्द्रिय महाधिवेशन प्रतिनिधि र जिल्ला स्तरका गरि एक दर्जन भन्दा बढी नेता रहेका छन् तर स्थानीय निर्वाचन भने आज सम्म जित्न सकेका छैनन् । नेतृत्वमा देखिएको चरम गुठगत स्वार्थ र एक अर्काको अस्तित्व स्वीकार गर्न नसक्दा नेपाली काँग्रेसले खाँडादेवी गाउँपालिकामा आफ्नो नेतृत्व उपस्थित गराउन सकेको छैन । 

पालिकामा कांग्रेसको बिरासत जोगाउने एक व्यक्ति नारायण कार्की होटल मजदुर, सवारी चालक देखि वैदेशिक रोजगारमा समेत गएर आएका व्यक्ति हुन् । संकटमा सहयोग बोकेर गाउँ–गाउँमा पुग्ने कार्की सामाजिक रुपमा सधैं अग्रसर हुने व्यक्ति हुन् । संघर्षले जन्माएको समाजसेवी हुन कार्की । आफ्नो कमाइको नाफा सधैं समाजसेवामा खर्च गर्ने कार्कीको वडाबासीमा राम्रै प्रभाव रहेको देखिन्छ । निर्वाचित कार्की भन्छन् 'वडाबासीको सेवामा सदा सर्वदा उपस्थित हुने छु ।' भ्रष्टाचार गर्दिन, भ्रष्टाचार हुन दिन्न र शिक्षा प्रणाली सुधार गरेर आधुनिक शिक्षाको विकास वडामा थालनी गर्ने कार्की बताउँछन् । आफ्नो घोषणा पत्र अनुसार काम गरेर ५ वर्षमा नमूना वडा बनाउनेमा कार्की प्रतिबद्ध गरेका छन् । 

खाडाँदेवी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित ७ वडाध्यक्षमा एमाले र नेपाली कांग्रेस/माओवादी केन्द्रले १/१ वडा जितेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.