रौतहटमा मतपेटीका लुटपाटमा संलग्न एकजना पक्राउ

रौतहट : यही वैशाख ३० गते मतदानका दिन यमुनामाई गाउँपालिका वडा नं. २ स्थित श्रीमावि भेडियाही स्कुलमा रहेको मतदान केन्द्रबाट मतपेटीका लुट्ने एकजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
केही मानिसहरु मतदान केन्द्रभित्र जबरजस्ती प्रवेश गरी मतपेटीका लुटेर लगेका थिए। सुरक्षाकर्मीले उक्त मतपेटीका त्यसैदिन नियन्त्रणमा लिएको थियो ।
बिहीबार राति बैठालाई पक्राउ गरी शुक्रबार दिउँसो सार्वजनिक गरेको हो ।
पक्राउ परेका बैठालाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कानुनी कारबाहीको लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको रौतहटका एसपी बिनोद घिमिरेले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस !
