त्रियुगाको विवाद टुङ्गियो, आज मतगणना कार्य हुने

त्रियुगाको विवाद टुङ्गियो, आज मतगणना कार्य हुने

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका- १२ मा मतगणना हुने भएको छ। १२ दिनदेखि स्थगित निर्वाचन प्रक्रियालाई निर्वाचन आयोगले मतगगणना कार्य सुचारु गर्ने गरी निर्णय गरेको हो। 

आयोगको सोमबार बसेको बैठकले झरेको मतलाई सदर गर्दै गणना गर्ने निर्णय गरेको हो। आयोगको यो निर्णयसँगै पुनःनिर्वाचनका प्रक्रिया निष्कृय भएका छन्। मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालका अनुसार केहि बेरभित्रै गणना कार्य प्रारम्भ हने छ। उनले भने, ‘हामी गणनाको तयारीको अन्तिम गृहकार्यमा जुटेका छौं, मौसमले केहि अवरोध गरेको छ, तर पनि सुचारु गर्छौं। '

उनले सोमबार बेलुका मात्र आयोगको पत्र आएकाले तयारीका लागि केही समय लागेको बताए। आयोगको पत्र मंगलबार बिहान मात्र सार्वजानिक भएको हो। असार ३० गते अन्तिम समयमा विवाद उत्पन्न भएपछि निर्वाचन प्रक्रिया स्थगित भएको थियो। 

स्थगित प्रक्रियालाई पुनःमतदान कि गणना भन्ने विषयमा दलहरु विभाजित भएका थिए। समयमा आयोगले निर्णय दिन नसक्दा मतगणना र पुनःमतदानका पक्षमा उच्च अदालतमा फरक–फरक रिट दायर भएका थिए। 
बैशाख ३० वडा नं. १२ को जनप्रेमी आधारभूत विद्यालयमा मतदान प्रक्रिया जारी रहँदा अकास्मात ४:३० बजे मतदान गर्ने विषयमा विवाद सिर्जना भएपछि मतदान कार्य स्थगित भएको थियो। भारी बर्षातका कारण मतपत्र र मतपेटिका सुरक्षित गर्नेक्रममा मत खसाल्न लाईनमा लागेका केही मतदाताले मत लगाउन नपाएपछि विवाद सिर्जना भएको हो। 

उक्त वडामा ३ हजार १९२ मतदाता रहेका छन् त्यसमध्ये १ हजार ७१५ मत खसेको छ। ५३ दशमलव ७२ प्रतिशत मत अर्थात आधाभन्दा बढी मत खसिसकेकाले त्यसैले आधार मानेर गणना गर्नुपर्ने स्थानीयको भनाई छ। ६० हजार ६५७ मत रहेको त्रियुगा नगरपालिकामा ४० हजार १७३ मत खसेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.