दाङमा कांग्रेस पहिलो शक्ति, समन्वय समितिमा स्पष्ट बहुमत

दाङमा कांग्रेस पहिलो शक्ति, समन्वय समितिमा स्पष्ट बहुमत

दाङ : स्थानीय तह निर्वाचन २०७९को दाङमा स्थानीय तहको मतपरिणाम सार्वजनिक अन्तिम चरणमा पुगेको छ। दश स्थानीय तहको नजिता सार्वजनिक भइसक्दा काग्रेस पहिलो शक्ति बनेको छ।

जिल्लामा सार्वजनिक भएको नजिता अनुसार जिल्ला समन्यन समितिमा नेपाली कांग्रेसको शतप्रतिसत प्रतिनिधित्व हुने देखिएको छ। १० स्थानीय तहमा कांग्रेस जिल्लामा पहिलो बन्दै १२ जना प्रमुख/उपप्रमुख जितेको छ। १२ प्रतिनिधि जितेको कांग्रेस समन्वय समिति गठनका लागि प्रष्ट बुहमत देखिएको छ। 

कांग्रेसले एकलरुपमा निर्वाचनमा गएर बबई गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष, शान्तिनगर गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष, दंगीशरण गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष, राजपुर गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष, लमही नगरपालिकामा नगरप्रमुख/उपप्रमुख जितेको छ। त्यसै बंगलाचुली गाउँपालिकामा उपाध्यक्ष र गढवा गाउँपालिकामा उपाध्यक्ष जितेर कांग्रेस दाङमा बहुमतमा देखिएको हो।

माओवादी केन्द्रले तीन स्थानीय तहमा प्रमुख जितेको छ। बंगलाचुली गाउँपालिकामा अध्यक्ष, राप्ती गाउँपालिकामा अध्यक्ष र गढवा गाउँपालिकामा अध्यक्षमा जितेको छ।

जिल्लामा माओवादी, कांग्रेसले तीन स्थानीय तहमा गठबन्धन गरेका थिए। बंगलाचुली बाहेकका स्थानमा गठबन्धनले जित्न सकेन। माओवादी राजमो, एकीकृत समाजवादीले राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा चुनावी गठबन्धन गरेका थिए। त्यँहा प्रमुख माओवादीले जितेको छ भने गठबन्धनको उपाध्यक्षले पराजित भएको छ। अन्य पालिकामा भने सबै राजनीतिक दल एकल रुपमा निर्वाचनमा गएको देखिन्छ।

कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले जिल्लामा काग्रेसको स्पष्ट बहुमत देखिएको भएपनि समन्वय समितिको विषयमा छलफल नभएको बताए।

उनले गठबन्धको जिल्लाको अवस्था र केन्द्रको निर्देशन अनुसार जिल्लामा निर्णय लिइने बताए। उनले समन्वय समितिका छलफल गरेर टुङ्गो लगाउने र कसरी जाने भन्ने पनि २/३ दिनपछि मात्रै थाहा हुने बताए। जितेको हैसियत अनुसार पदीय जिम्मेवारी समन्वयमा हुन सकने संकेत सभापति डाँगीले गरे। 

माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज निर्मल आचार्यले समन्वय समितिको लागि कांग्रेस सुविधा युक्त बहुमतमा रहेको आफ्नो दावी नरहेको बताए। उनले कांग्रेसको भूमिकाले र निर्णयले गठबन्धनको समन्वयमा सहभागिता जोडने बताए।

कांग्रेसले समेट्न खोजेमा हामी तयार छौं, उनले भने, कांग्रेस एक्लै जान खोजे उसंग सुविधाजनक बहुमत छ, हामीले दावी गर्ने ठाउँ छैन। उनले जीतको आधारमा सहभागिता हुने अवस्था आउने र गठबन्धन नटुटने जिकिर गरे।

केन्द्रको नीति अनुसार जिल्लामा गठबन्धन कायम रहने विश्वास राखिएको छ। भने एमाले एक्लै जाने देखिन्छ। जिल्ला समन्वय समितिको निर्वाचनमा २० मत रहेको छ। त्यसमा १२ कांग्रेसले जितिसकेको छ। भने माओवादी केन्द्रले ३ र एमालेले ५ पद जितेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.