जलवायुको असर कृषिमा

जलवायुको असर कृषिमा

काठमाडौं  : किसानलाई जलवायु परिवर्तनका कारण कृषिमा परेको प्रभावबारे जानकारी गराउन विज्ञले जोड दिएका छन्।  लागतअनुसार उत्पादन नभइरहेको अवस्थामा किसानलाई यसबारे पर्याप्त सूचना र जानकारी दिन स्थानीय सरकारले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने  जलवायु विज्ञ मञ्जित ढकालले बताए। शुक्रबार सामुदायिक सूचना नेटवर्क (सीआईएन)को १३औं वार्षिक उत्सवका अवसरमा ‘जलवायु परिवर्तन र कृषि’ विषयक कार्यक्रममा यस्तो बताएका हुन्। 

कृषि बालीमा कतै उत्पादन घट्ने, कतै बढ्नेजस्ता असर देखिएको जानकारी दिँदै उनले  नेपालमा जटिल र विविध भूगोलका कारण पनि जलवायु परिवर्तनको असर न्यूनीकरणमा एकै किसिमको उपायले काम नगर्ने बताए। ‘किसानलाई यसको असरका बारेमा सूचना दिनुपर्छ,’ उनले भने, ‘त्यसको मुख्य जिम्मेवारी स्थानीय सरकार र सामुदायिक रेडियोको पनि हो।’ 

अर्का विज्ञ डा. उत्तमबाबु श्रेष्ठले जलवायु परिवर्तनको असरले नयानयाँ रोग किराको प्रकोप देखिएको र त्यसको प्रभाव कृषि उत्पादनमा परेको बताए।  ‘स्थानीय सरकारले मौसममा आएको परिवर्तन र त्यसले उत्पादनमा पुग्ने असर र समाधानका उपायहरूका बारेमा किसानलाई जानकारी दिने योजना बनाउनुपर्छ,’ उनले भने, ‘सबै गम्भीर हुने अवस्था छ। ग्रामिण भेगका नागरिकलाई सचेत बनाउनुपर्छ।’ जलवायु परिवर्तनको असरले पारेको प्रभाव कम गर्न कृषि बिमालाई प्राथमिकता दिनुपर्ने कृषि विज्ञ तेजबहादुर सुवेदीले बताए। खाद्यका लागि कृषि अभियन्ता कृष्ण पौडेलले खाद्य प्रणालीमा जलवायु परिवर्तनले पारेको प्रभावका बारेमा बजेट बढाउनु पर्नेमा जोड दिए। 

कार्यक्रममा कृषि विभागका महानिर्देशक रेवतीरमण पौडेलले यसमा सरकारले काम गरिरहेको बताए। सीआईएनले नागरिकका हरेक मुद्दामा स्थापनादेखि नै निरन्तर आवाज उठाइरहेको र सामुदायिक र उत्तरदायी पत्रकारितालाई निरन्तरता दिइरहने म्यानेजर दीपक आचार्यले बताए। अकोराबका कार्यकारी निर्देशक बालकृष्ण पोखरेलले सामुदायिक रेडियोले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रष्ट्याए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.