नेपालमा पहिलो पटक देखियो ‘चाइनिजपोन्ड हेरोन’

नेपालमा पहिलो पटक देखियो ‘चाइनिजपोन्ड हेरोन’

चितवन : नेपालमा नयाँ चरा भेटिएको छ। चितवनको खैहरनी नगरपालिका-११ स्थित गैडहवामा बकुल्लाजातको ‘चाइनिजपोन्ड हेरोन’ फेला परेको हो। सौराहाका नेचर गाइड तथा फोटोग्राफर राजु तामाङले १ जुलाईमा रा फेला पारेका थिए। उक्त चरा रियर वर्ड कमिटीले प्रमाणित गरेपछि मात्रै आधिकारिक मानिन्छ।  

यो चरा नेपालको पहिलो रकेर्ड हो। यो फिरन्ते चरा हो। मुख्य गरेर पूर्वी चाइनामा बढी पाइन्छ। त्यस्तै भारतको पूर्वि र दक्षिण भेगमा र भियतनाममा पाइन्छ। धानवारी, खोल्सामा माछा, भ्यागुता पाइने स्थनामा वा सिमसार क्षेत्रमा पाइन्छ। 

नेचर गाइड तामाङले विहान साढे ६ बजे धानबारीको आलीमा चरा भेटेका हुन्। स्वर्गचरीको गुँड भएको ठाँउमा फोटो खिच्न गएका थिए। ‘सुरुमासामान्यबुकल्ला ठानेर वास्ता गरिन्। अर्को बकुल्लाले बस्न नदिएपछि ध्यान गयो।’ उनले भने , ‘पछि चरा खोज्दै गएर फोटो खिचे। सोधीखोजी गर्दा थाहा भयो।’

त्यसपछि दुई दिन चरा देखिएन। अहिले एकै स्थानमा त्यसपछि उक्त चरा लगातार देखिएको छ। अहिलेसम्म एउटामात्रै देखिएको छ । चराविद्हरुले चरा हेरेका छन्। नयाँ प्रजातिको चरा फेला परेपछि काठमाडौंबाट चराविद् डा. हेमसागर बराल मंगलबार चरा हेर्न आएका थिए। ‘यो चरा प्रेमीको लागिमात्रै होइन, राष्ट्रको लागि खुसीको हो। अभिलेख भएपछि नयाँ प्रजाति थपिन्छ,’ उनले ने। नेपालमा ८९० प्रजातिका चरा पाइन्छ। चितवनमा मात्रै ६ सय ५० प्रजातिका चरा रहेको विज्ञहरुको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.