बलात्कारको आरोपमा अटो चालक पक्राउ

बलात्कारको आरोपमा अटो चालक पक्राउ

चितवन : बलात्कारको आरोपमा चितवनका एक अटो चालक पक्राउ परेका छन्। गत चैत्र १० गते आफन्तको घर आएकी युवतीलाई ललाइ फकाई गरेर बलात्कार गरेको अभियोगमा अटो चालक हेटौडा उपमहानगरपालिका–९ चौधघरे बस्ने अन्दाजी ४५ वर्षका पूर्ण घलानलाई चितवन प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ।

काठमाडौंबाट राप्ती नगरपालिका-१ पिप्लेमा भाउजूको घर आएकी २७ वर्षिय युवती रातको समयमा भण्डारा ओर्लिएकी थिइन्। चोकमा भेटिएका अटो चालक घलानले पिप्ले टाढा रहेको कारण भोलिपल्ट पुर्याइदिन्छु भनेर घर लगेर बलात्कार गरेको किटानी  जाहेरी दर्ता भएको छ। राप्ती नगरपालिका–६ आदर्शटोलस्थित माछापोखरीस्थित आफू बस्ने घर लगेका थिए। घलानले आफ्नो श्रीमती भनेर राखेका थिए। युवती बिरामी भएपछि स्थानीयले नै सहयोग गरेका थिए।

ती युवतीले घलानसहित उनका साथीले पनि बलात्कार गरेको आरोप लगाएकी छन्। ती युवती काठमाडौंमा ज्याला मजदुरी गर्थिन्। प्रहरीले घलानलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीले बताए।

युवतीमा स्वास्थ्य समस्या देखिएको थियो। घलानले स्थानीयको सहयोगमा अस्पताल पुर्याएका थिए। उपचारपछि  जेठ २० गते घलानले युवतीलाई उनको भाउजूको घर लगेका थिए। त्यसपछि मात्रै घटना बाहिर आएको हो। ती महिलाले मंगलबार घलानविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।

प्रहरीका अनुसार जबरजस्ती करणीमा मुद्दा दर्ता गरेर चितवन जिल्ला अदालतबाट म्याद थप गरेर घलानको थप अनुसन्धान भइरहेको जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.