एमालेले उम्मेदवारी नदिँदा समाजवादीका उम्मेदवार निर्विरोध

एमालेले उम्मेदवारी नदिँदा समाजवादीका उम्मेदवार निर्विरोध

चितवन : जिल्ला समन्वय समिति(जिसस) चितवनको नेतृत्वको लागि सत्ता साझेदार पाँच दलिय गठबन्धन र नेकपा एमालेबीच प्रतिष्पर्धा चलेका बेला उपसभापतिमा नेकपा एकीकृत समाजवादीकी कल्पना काफ्ले सापकोटा निर्विरोध भएकी छिन्।

चितवनका सात पालिकाका प्रमुख र उपप्रमुख गरेर १४ जनाले मतदान गर्नेछन्। दुवै तर्फका सात/सात जना मतदाता छन्। बराबरी भए गोला प्रथाबाट छानिन्छ। तर सापकोटाकोविरुद्ध एमालले उम्मेदवारी नदिएपछि उनी निर्विरोध भएकी हुन्।

जिल्ला समन्वय समितिको अध्यक्षसहित सदस्य पदमा मंगलबार निर्वाचन हुँदैछ। चितवनको जिससमा प्रमुख र उपप्रमुखसहित १६ जनाको उम्मेदवारी परेको छ। प्रमुखमा सत्तागठबन्धनबाट नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट र एमालेबाट नारायण प्रसाद अधिकारीको उम्मेदवारी परेको छ।

यस्तै तीन जना खुला सदस्यहरुमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का अर्जुन भण्डारी, धर्मलाल देवकोटा, नेपाली कांग्रेसका संजीव पौडेल उम्मेदवार छन्। एमालेको तर्फबाट कृष्णभक्त भट्टराई, बाबुराम सुवेदी र लक्ष्मीनारायण चौलागाईको उम्मेदवारी परेको छ। तीन जना महिला सदस्यका लागि गठबन्धनबाट कांग्रेसकी अनिता चौधरी, नेकपा (एस) की पूजना गुरुङ, माओवादीकी सुमित्रा तामाङ श्रेष्ठको उम्मेद्वारी परेको छ।

एमालेबाट अनिता नेपाल र सविता चौधरीको उम्मेद्वारी परेको छ। महिला सदस्यमा पनि एमालेले एक जना उम्मेदवार कम उठाएको छ। एक जना दलित वा अल्पसंख्यक सदस्यका लागि कांग्रेसबाट केशरी माया सुनार र गुनु विकले उम्मेदवारी दिएका छन्।

निर्वाचनमा सबै उम्मेदवारको मत बराबर भएमा गोलाप्रथाबाट चयन गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.